Logo
  मंसिर १९, २०७८ आईतबार

चन्दा उठाउने पाँच पक्राउ



बिर्तामोड,९ असोज । झापाको खुदुनावारी–२ मदनपुरको खुदुनावारी युवा समूहका नाममा नक्कली लेटरप्याड र छाप बनाई जवरजस्ती चन्दा असुल्ने पाँच युवा पक्राउ परेका छन् ।
प्रहरीले बुधबारे–४का २० बर्षिय आशिष लिम्बू, शनिअर्जुन–३का १८ बर्षिय बीरेन्द्र सुनुवार, सोही ठाउँका २१ बर्षिय तिलक लिम्बू, खुदुनावारी–३का १९ बर्षिय लाप्चा तामाङ् सहित पाँचजना पक्राउ भएका हुन् ।
प्रहरी उनिहरुबाट चन्दा रसिद, लेटरप्याड र छाप लगायतका सामाग्री सहित पक्राउ गरिएको इप्रका बिर्तामोडले जनाएको पुर्वाञ्चल दैनिकमा खवर छ ।  
 

प्रतिक्रिया दिनुहोस्