Logo
  चैत्र १६, २०८० शुक्रबार

पाँच सय भन्दा बढीलाई रोजगार दिलाउने उद्देश्य छ : भट्टराई



मेचीनगर । पढेको सैद्धान्तिक कुरालाई रोजगारीको माध्यामबाट व्यवहारिक बनाउन सहयोग गर्ने उद्देश्यले नेपालमा पहिलो पटक अन्तराष्ट्रिय रोजगार मेला आयोजना गरिने भएको छ । मेला आयोजक संस्था लक्ष्मी एजुकेशनल कन्सल्टेन्सी प्रमुख शंखर भट्टराईका अनुसार मेलाबाट पाँच सय भन्दा बढि शिक्षित जनशक्तिलाई रोजगारीको अवसर मिलाइने छ ।

लक्ष्मी एजुकेशनल कन्सल्टेन्सी काठमाडौँ आयोजना तथा आसाम डाउन टाउन युनिभर्सिटीको सहयोगमा नेपालको राजधानी काठमाडौँमा यहि अगष्ट ११ र १२ अर्थात् साउन २७ र २८ गते वृहत अन्तराष्ट्रिय रोजगार मेला सम्पन्न गर्न लागिएको हो । यसै सन्दर्भमा रहेर   रोमन आचार्यले आयोजक लक्ष्मी एजुकेशनल कन्सल्टेन्सी प्रमुख शंखर भट्टराईसँग गरेको कुराकानी ।

१) अन्तराष्ट्रिय रोजगार मेला भनेको के हो ?

  • यो भनेको शिक्षित र क्षमतावान् विद्यार्थीहरुको भविष्य बनाउने मेला हो । यो मेला कुनै पनि विद्यालय ,विश्वविद्यालय , नेपालका कुनै पनि क्याम्पस पढेर आएका विद्यार्थीहरुलाई अन्राष्ट्रिय बजारमा रोजगार दिलाउन आयोजना गरिएको नेपालको पहिलो सेवामुलक मेला हो ।

२) यो मेलामा के हुन्छ ? कसरी विद्यार्थीले जागिर पाँउछन् ?

  • यो मेलामा हामिले भारत र नेपालका गरेर २५ बटा रोजगारमुलक कम्पनीलाई आमन्त्रण गरेका छौ । भारतका नामचलेका कम्पनीहरु जस्तै : एस्पोरा ,रियलान्यस जिओ , होटलसँग सम्बन्धित कम्पनीहरु मेलामा आउने छन् । हामि मेलामा आएका विद्यार्थीहरुको डकुमेन्ट त्यी कम्पनीका एच।आर समक्ष पुर्याउछौ र कम्पनीका एच।आरहरुले त्यी विद्यार्थीहरुको अन्तरवार्ता लिनेछन् । उनीहरुलाई चित्त वुझेमा र विद्यार्थीको योग्यता पुगेमा कम्पनीका एच।आरहरुले ‘जव एपोइन्टमेन्ट’ मेलामै दिनेछन् ।

 

३) कति विद्यार्थीलाई अन्तराष्ट्रिय बजारमा रोजगार दिने उद्देश्य छ ?

  • यकिनका साथ त म यति भन्न सक्दिन । हामिले पहिलो चोटी यो मेलाको आयोजना गरेका हौ । मेलाको भ्रमण दशौ हजार मानिसले गर्छन् भन्ने हाम्रो विश्वास छ । समय पनि हामिसँग दुई दिनको मात्र भएको हुदा हाम्रो लक्ष्य पाँच सय भन्दा बढि शिक्षित युवालाई रोजगारको अवसर सृजना गर्ने हो ।

 

४ं) यो मेला गर्नु पर्छ भन्ने बिचार कँहाबाट आयो ?

  • म डाउन टाउन युनिभर्सिटीको नेपाल संयोजक हु । शैक्षिक कामले भारत जादा हाम्रै युनिभर्सिटीले भारतको दिल्लि , कोलकत्ता जस्ता ठुला सहरमा विद्यार्थीहरुकालागि यस्तो कार्यक्रम आयोजना गरेको देखे र त्यसमा भाग लिने अवसर पनि मिल्यो । मैले त्यतीबेला नै बिचार गरे , यस्तो सेवामुलक कार्यक्रम नेपालमा पनि गर्न सकिन्छ , र म शिक्षा सेवी भएकाले पनि गर्नै पर्छ भन्ने लागेर स्वयम् मेरो संस्था लक्ष्मि एजुकेशनल कन्सलट्यान्सिको आयोजना र डाउन टाउनको युनिभर्सिटीको सहयोगमा यो मेलाको आयोजना गरिएको हो । मेरो उद्देश्य योग्य नेपाली जनशक्तिले विश्व बजार हाक्नु पर्छ भन्ने हो ।

 

५) यो कार्यक्रम सम्पन्न भए पश्चात् तपाईको संस्थालाई के फाइदा हुन्छ ?

  • धेरै मानिसहरुले के बुझेका छन् भने यो पैसा कमाउनकालागि आयोजना गरिएको हो । तर तपाईको मिडिया मार्फत आम मानिसहरुलाई म बुझाउन चाहान्छु कि यो कुनै धन आर्जन गर्ने उद्देश्यले गरिएको कार्यक्रम होइन । हामि मेलामा सहभागि हुन आएका विद्यार्थीहरुबाट एक पैसा पनि लिदैनौ । भारत तथा नेपालबाट सहभागिता जनाएका सवै कम्पनीहरुलाई स्वयम् मेरै संस्थाले लगानि गरेको छ । हाम्रो कुल बजेट १६ लाख हो ,त्यसैले हामिले २५ बटामात्र रोजगारदाता कम्पनीलाई ल्याउन सफल भयौ । हामिले एक रुपैयाँ कम्पनी र विद्यार्थीबाट लिएका छैनौ । हाम्रो चाहाना निसुल्क सेवा हो । नेपाललाई विश्व बजारमा चिनाउनु हो । हामिलाई प्राप्त हुने सन्तुष्टि मात्र हो । हामि हाम्रा नेपाल र नेपालीको शैक्षिक योग्यता विश्व सामु चिनाउन चाहान्छौ ।

 

६) नवीन र सेवामूलक कार्यको थालनि गर्नु भएको छ , सफलताको शुभकामना ।

  • हाम्रो कार्यक्रम र उद्देश्यको बारेमा बुझाउने अबसर दिनुभएकोमा तपाई र तपाईको मिडियालाई पनि धन्यवाद । यो कार्यक्रम सफल बनाउन मेलामा सहभागि भईदिनु हुन नेपालभरका सम्पुर्ण विद्यार्थीहरुलाई आग्रह पनि गर्दछु । निकट भविष्यमा मेरै गृह जिल्ला झापामा पनि यस्ता कार्यक्रमको आयोजना गर्ने लक्ष्य रहेको छ । नेपालमा शैक्षिक मेला हुन्छ , सुचना प्रविधि मेला , व्यापार मेला लगायतका थुप्रै मेला हुन्छन् तर कुनै पनि मेलाले योग्यता र क्षमताले भरिएका व्यक्तिहरुलाई रोजगारीको अवसर सृजना गर्न सकेको छैन । यो मेला शैक्षिक बेरोजगारी कम गर्न र रोजगारीको अवसर सृजना गर्न सरकारलाई पनि सहयोग पुग्ने हाम्रो अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्