Logo
  मंसिर १९, २०७८ आईतबार

सांस्कृतिक कार्यक्रम र सम्मान



पदम दाहाल
भद्रपुर, ९ असोज ।
सत् मिलन महिला समूह भद्रपुर ६ को प्रथम वार्षिक साधारणसभाको अवसर पारेर बिहिवार विविध कार्यक्रम सम्पन्न गरिएको छ ।
    स्थानीय विकास अधिकारी फणिन्द्र दाहालको प्रमुख आतिथ्यमा विविध साँस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो । यसरी सम्मानित हुनेहरुमा लक्ष्मीदेवी चापागाई, योगेन्द्र रञ्जितकार, मदनकुमारी श्रेष्ठ र रमला प्रधान रहेका छन् । समूहकी अध्यक्ष सावित्रा न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का सभापति गणेश पोखरेल, एमाले क्षेत्र नम्वर ३ अध्यक्ष जीवनकुमार श्रेष्ठ, चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओली, महिला सञ्जाल झापा अध्यक्ष गोमा भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    त्यसैगरी पञ्च कान्या देवी मन्दिर चन्द्रगढी २ ले वडा दशैंका लागि सामूहिक जमरा राख्ने कार्यक्रम सम्पन्न गरेको छ । मन्दिरका संरक्षक गोपालबहादुर थापा तथा प्रमुख पुजारी पंडित विश्वनाथ पोखरेलको अगुवाइमा चन्द्रगढी १ र २ का स्थानीय बासिन्दले सामूहिक जमरा राख्ने कार्यक्रम सम्पन्न गरेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस्