Logo
  मंसिर १९, २०७८ आईतबार

सशस्त्रद्वारा मन्दिर सफाई



भद्रपुर,९ असोज । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाले, भद्रपुर ९ को दुर्गा मन्दिर परिसरमा बिहिवार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
फुलपातीका दिन असोज १५ गते झापाको प्रहरी तथा प्रशासन प्रमुखहरुको सहभागितामा विशेष पूजा आर्चनाकासाथ फुलपाती भित्राउने कार्यक्रमका लागि सीमा कार्यालय सरसफाई गरेको हो । शसस्त्र प्रहरीका एसपी प्रेमराज पोखरेलको नेतृत्वमा गएको टोलीले मन्दिर परिसर भित्र र बाहिर सरसफाई गरेको छ । यता प्रत्येक बर्ष झै यसबर्ष पनि फुलपाती भित्राउने दिन झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपालको प्रमुख आतिथ्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कार्यालय प्रमुखहरु, उद्योगी व्यापारी, भक्तजनको सहभागितामा दुर्गा मन्दिरमा पूजाआर्चना पश्चात ¥यालीकासाथ छोटी भन्सार कार्यालय भद्रपुरमा पुगी फुलपाती भित्राउने कार्यक्रम रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्