Logo
  मंसिर १९, २०७८ आईतबार

क्याम्पस जाँदै गरेकी युवती ट्वाँकेबाट बलात्कृत



इलाम, १० असोज । इलाम नगरपालिका–९ पिपलबोटमा डेरा बस्दै आएकी एक युवती बुधवार बिहान क्याम्पस जानेक्रममा स्थानीय ट्वाँके भनिने संन्दिप निरौलाबाट बलात्कृत भएकी छन् ।  
स्थानीय आदर्श उच्चमाबिमा कक्षा १२ मा अध्ययनरत युवतीलाई बलात्कार गर्ने ट्वाँके निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलात्कृत युवती बिहान साढे पाँच बजे ड्रेसमा स्कूल जाँदै गर्दा बाटो ढुकेर बसेका ट्वाँकेले बलात्कार गरेका हन् । बलात्कारबाट  बेहोस भएकी युवतीको एक घण्टा पछि होस आएको थियो । उनको गाला लगायतका शरिरमा चोट लागेको छ । उनको उपचार इलाम अस्पतालमा भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ट्वाँकेले बलात्कार स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले ट्वाँकेलाई करणी मुद्धा चलाउने तयारी गरेको जनसंसद दैनिकमा खवर छापिएको छ ।
 

प्रतिक्रिया दिनुहोस्