Logo

इलामे जनता नयाँ प्रयोग चाहान्छन् : घले



देशभर चुनावी सरगर्मी बढेको अवस्थामा कस्ता प्रतिनिधिलाई प्रदेश र प्रतिनिधि सभामा पठाउने भन्ने विषयमा वौद्धिक जमात , सार्वजनिक स्थल देखि चिया गफसम्ममा चर्चा भइरहेको छ ।

बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबिचको चुनावी भिडन्त , उनीहरुको चुनावी एजेण्डा , र अन्तीम भिडन्तको पर्खाइमा रहेका इलामे जनता माझ यतिबेला २७ वर्षे युवा सचेन घलेले ध्यान खिचेका छन् ।

स्थानीय तह निर्वाचन पश्चात् बैचारीक र सैद्धान्तिक विषयवस्तुमा एक भएका विवेकशील साझा पार्टिका तर्फबाट इलाममा प्रतिनिधि सभाको निर्वाचनकालागि प्रत्यक्ष तर्फ क्षेत्र नम्बर एकबाट चुनावि मैदानमा उत्रिएका सचेन घले अहिले पार्टी र आफ्नो एजेण्डा बुझाउन घरदैलो अभियानमा लागेका छन् ।

कुनै समय काठमाडौँको त्रिभुवन विश्व विद्यालय सरसफाई अभियान देखि लिएर मेडिकल माफिया विरुद्धको डा गोविन्द केसिको अनसनमा समर्थन गर्ने र वागमती नदि सरसफाई अभियानमा समेत सहभागि भएका घले यतिवेला प्रचार प्रसारमा लागेका छन् ।

बाम एकता र लोकतान्त्रिक गठबन्धन त्यसमा ‘ह्याभ्भि वेट’ दर्जा पाएका नेताहरु चुनावी मैदानमा होमिएका अवस्थामा श्री अन्तुका घले चुनावी मैदानमा उत्रिएका हुन् । युवाको हातमा अबको नेतृत्व आवश्यक भएको बताउने घलेले तराजु चुनाव चिन्ह समेत पाइसकेका छन् ।

लाल किल्लाको रुपमा परिचित इलाममा मङ्सिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभामा बाम गठबन्धनले जिल्ला लाल किल्ला हो भनेर प्रमाणित गर्न यो निर्वाचन महत्वपुर्ण छ । दुईबटा संविधान सभाको निर्वाचनमा  यि दुई निर्वाचन क्षेत्रबाट एमाले नेताहरुले पराजय भोग्नु परेको छैन । । दुईबटा निर्वाचन क्षेत्र रहेको इलाममा क्षेत्र नम्बर १ बाट पुर्व प्रधानमन्त्रि , पुर्व पार्टी अध्यक्ष तथा वरिष्ठ नेता झलनाथ खनाल बाम गठबन्धनको सहयोगमा उम्मेरदवार बन्नेका छन् । यो क्षेत्रबाट काँग्रेसले पनि पार्टीमा राम्रो छवि बनाएको नेतालाई उठाएको छ । त्यसैले नयाँ बिचारधारा तथा नयाँ अनुहारलाई चुनावी कार्यक्रम त्यती सहज भने पक्कै छैन ।

घरदैलो कार्यक्रमका घले

 

नेपाली राजनीतिमा नयाँ प्रयोग हुनु पर्छ र राजनीतिले देश र युवाको भविष्य बदल्नु पर्ने मान्यताका साथका राजनीतिमा आएका घलेले अँग्रेजी साहित्यमा स्नातोकोतर गरिसकेका छन् । उनै सचेन घलेसँग सजिलो खवरकर्मी रोमन आचार्यले गरेको कुराकानी ।

१.झलनाथ खनालको क्षेत्र , त्यसमाथि पनि काँग्रेसका उमेरद्वार पनि कम छैनन् ? यसमा तपाँईले आफ्नो जित कत्तिको देख्नु भएको छ ?

उत्तर ः– विशेष गरेर एमालेको पकड क्षेत्र नम्बर एकमा काँग्रेसको उमेरद्वार पनि कम छैनन् । विगतको चुनावकी समिकरणलाई समिक्षा गर्दा पनि यिनीहरु बलिया अवश्य हुन् । तर इलाममा यति दिग्गज नेता भएपनि इलामको विकास हुन सकेको छैन , इलामे जनताले विकासको अनुभुति गर्न सकेका छैनन् । त्यसकारण इलामे जनता नयाँ प्रयोग चाहान्छन् र म त्यसमा सफल हुन्छु भन्ने विश्वास छ ।

२. तपाँईले कस्तो विकास भन्नु भएको ? पुल , सडक , विद्युत् यिनिहरुकै कुरा गर्नु भएको हो ? इतिहासलाई हेर्ने हो भने त परिवर्तन यिनै नेताको समयमा भएको होइन र ?

उत्तर ः हो यिनै नेताले गर्दा अहिले हामिले यो स्वतन्त्रता पाएका हौ । यसमा यि नेताहरुलाई हामिले धन्यवाद दिनै पर्छ । तर यिनिहरुले जसरी राजनीतिक घटनाक्रमहरुलाई परिवर्तन गरेर ल्याए त्यो अनुसारको विकास गर्न सकेनन् । एक हात सडक निर्माण भए , पूल बने , विद्युत सेवा आयो , यातायात र सञ्चार सेवामा हामि केहि हदसम्म गासिन पुग्यौ , यो परिवर्तनको उपज हो । तर पनि यति लामो राजनीतिक उतार चडावको बिचमा कता गएँ महिला समानता , कता गएँ जातीय स्वतन्त्रता ? खै कहाँ समाप्त भयो गरिवि ? किन रोकिदैन युवाको विदेश यात्रा ? हो परिवर्तन र विकास यहाँ आउनु पर्छ । आज विदेशमा बसेका नेपाली नेपाल फर्केर आउनु पर्छ हो यो विकासको रुप हामि सँग छ । मैले यस्तै विकासको कुरा गरेको हो ।

३. बाम गठबन्धन र लोकतान्त्रीक गठबन्धन पनि त छ ?

उत्तरः– हो गठबन्धन छ , गठबन्धन हुनु राम्रो पनि हो । तर यिनिहरुको गठबन्धन देखाबटी जस्तो छ । चुनाव सकिए पछि यसको भविष्य अनिश्चित छ । बौद्धिक जमातको साथ छ , अग्रजहरुको सहयोग छ । त्यसैले गठबन्धनले खासै असर नपर्ला । यो हाम्रो लागि एजेण्डा र हाम्रो एजेण्डा , हाम्रा मुद्दा , हाम्रा बिचार र हाम्रो कामहरुको बारेमा बुझाउने अवसर पनि हो । त्यसैले जितको संभावना छ ।

४.तपाइहरुको अन्य पार्टि जस्तो संगठन पनि छैन । इलामको पार्टिको तपाँइ एक मात्र उमेरद्वार । रै पनि जित संभव छ भन्नु हुन्छ , कसरी ?

उत्तरः मैले अघि पनि भने इलामका जनता नयाँ प्रयोग गर्न चाहान्छन् । हो हामिसँग संगठन छैन । तपाई हामि जस्तै वौद्धिक जमान हुनुहुन्छ जो यो देशमा परिवर्तन हेर्न चाहानुहुन्छ । उहाँहरुको नेपाल बनाउन चाहानुहुन्छ , त्यस्ता जमात घरमा एक जनाको खोजीमा छौ र हामि सफल पनि भएका छौ । हामिले गरेको कार्यक्रममा बसेर सुन्ने वौद्धिक जमात छ , उसले आफुजस्ता धेरै मानिसलाई हामितर्फ तान्नु भएको छ । जसले गर्दा एक दुई गर्दै हामि तर्फ जनलहर उर्लने क्रम जारी छ । हामि विश्वस्त छौ , हामि जित्ने छौ ।

प्रतिक्रिया दिनुहोस्