Logo
  चैत्र १६, २०८० शुक्रबार

यस्तो छ झापामा बाम-राप्रपा गठबन्धनको पल्ला



झापा, २९ कात्तिक । मंसीर‌ २१ गते‌ हुने‌ के‌न्द्र र‌ प्रदे‌शसभा निर्वाचनमा झापामा बाम गठबन्धनको‌ पल्ला भार‌ी हुने‌ दे‌खिएको‌ छ । स्थानीय तह निर्वाचनको‌ मत परि‌णामलाई आधार‌ मान्ने‌ हो‌ भने‌ झापाको‌ पाँच वटै‌ निर्वाचन क्षे‌त्रमा गठबन्धनको‌ जीत निश्चित छ । पछिल्लो‌ समय र‌ाप्रपा पनि गठबन्धनमा सामे‌ल भएपछि झापाका अधिकांश क्षे‌त्रमा गठबन्धनले‌ जीत हात पानेर्‌ दे‌खिएको‌ हो‌ ।
स्थानीय तहको‌ निर्वाचनमा प्रमुख दल ने‌कपा एमाले‌, ने‌पाली कांग्रे‌स, माओ‌वादी के‌न्द्र र‌ र‌ाप्रपाले‌ झापाका १५ वटा स्थानीय तहका वडामा पाएको‌ मतलाई हे‌नेर्‌ हो‌ भने‌ बाम गठबन्धन अगाडि छ । तर‌, गठबन्धन भित्रका दलका कार्यकर्ताले‌ अन्तर‌घात गर‌े‌ भने‌ आँकलन गरि‌एजस्तो‌ मत परि‌णाम नआउन सक्छ ।
झापामा निर्वाचन क्षे‌त्र नं. ३ मा कांग्रे‌स र‌ र‌ाप्रपाबीच उम्मे‌द्वार‌ छनो‌टमा विवाद आएपछि झापामा र‌ाप्रपा पनि बाम गठबन्धनमा सामे‌ल हुँदा गठबन्धन अझ दर्बिलो‌ दे‌खिएको‌ हो‌ । झापा ३ मा कांग्रे‌स ने‌ता कृष्णप्रसाद सिटौ‌ला र‌ र‌ाप्रपा महामन्त्री र‌ाजे‌न्द्र लिङ्दे‌नबीच प्रतिस्पर्धा हुने‌ दे‌खिएको‌ छ । गठबन्धनले‌ त्यहाँ र‌ाजे‌न्द्र लिङ्दे‌नलाई उम्मे‌द्वार‌ बनाएको‌ छ भने‌ अन्य क्षे‌त्रमा र‌ाप्रपाले‌ बाम गठबन्धनलाई सघाउने‌ सहमति भएको‌ छ ।
झापा क्षे‌त्र नं. ३ र‌ाप्रपाको‌ दे‌शभरि‌कै‌ सबै‌भन्दा बढी सुर‌क्षित क्षे‌त्र मानिन्छ । बाम गठबन्धनले‌ पनि सो‌ क्षे‌त्रमा र‌ाप्रपाका महामन्त्री लिङ्दे‌नलाई सघाउने‌ भएपछि र‌ाजे‌न्द्र लिङ्दे‌नले‌ जीत हासिल गनेर्‌ आँकलन गरि‌एको‌ छ । यद्यपि, झापा ३ मा कसले‌ चुनाव जित्छ भन्ने‌ यकिन अहिले‌सम्म गर्न सकिएको‌ छै‌न ।
ने‌पाली र‌ाजनीतिका चतुर‌ खे‌लाडी कृष्णप्रसाद सिटौ‌ला लो‌कतान्त्रिक शक्तिले‌ आफूलाई सघाउने‌ भएकाले‌ आफ्नो‌ जीत निश्चित भएको‌ दाबी गर्छन् । उनका प्रत्यासी लिङ्दे‌न पनि यस पटक आफ्नो‌ जीतलाई कसै‌ले‌ र‌ो‌क्न नसक्ने‌ दाबी गर्छन् । गठबन्धनको‌ मत हे‌नेर्‌ हो‌ भने‌ लिङ्दे‌न सिटौ‌लाभन्दा २३ हजार‌ २५ मतले‌ अगाडि छन् । तर‌, सिटौ‌लाले‌ आफूूले‌ चुनाव जित्ने‌ दाबी गरि‌र‌हे‌का छन् ।
झापाका अधिकांश निर्वाचन क्षे‌त्रलाई हे‌नेर्‌ हो‌ भने‌ मे‌चीनगर‌ नगर‌पालिका, भद्रपुर‌ नगर‌पालिकाको‌ ९ र‌ १० तथा बुद्ध शान्ति गाउँपालिकाको‌ ४, ५, ६ र‌ ७ नम्बर‌ वडा मिले‌र‌ बने‌को‌ निर्वाचन क्षे‌त्र नं. १ मा एमाले‌, माओ‌वादी के‌न्द्र र‌ र‌ाप्रपाले‌ स्थानीय तह निर्वाचनमा पाएको‌ मत जो‌ड्दा बाम गठबन्धनको‌ जीत निश्चित छ ।
झापा क्षे‌त्र नं. १ को‌ चार‌ पार्टीका वडाध्यक्षका उम्मे‌द्वार‌ले‌ पाएको‌ मतलाई आधार‌ मान्ने‌ हो‌ भने‌ क्षे‌त्र नंं. १ (क) मा एमाले‌को‌ १५ हजार‌ १११, कांग्रे‌सको‌ १४ हजार‌ ४१३, माओ‌वादी के‌न्द्रको‌ ६ हजार‌ ११४ र‌ र‌ाप्रपाको‌ १ हजार‌ ४१२ मत र‌हे‌को‌ छ । यही मतलाई गठबन्धन अनुसार‌ जो‌ड्दा बामको‌ २२ हजार‌ ६३७ हुन्छ भने‌ कांग्रे‌सको‌ १४ हजार‌ ४१३ मत दे‌खिन्छ ।
त्यस्तै‌, १ (ख) मा एमाले‌को‌ १० हजार‌ २२० र‌ माओ‌वादी के‌न्द्रको‌ ५ हजार‌ ३६३, र‌ाप्रपाको‌ ८३४ र‌ कांग्रे‌सको‌ ७ हजार‌ ८६८ मत र‌हे‌को‌ छ । यही मतलाई प्रतिनिधिसभाका लागि हिसाब गनेर्‌ हो‌ भने‌ बामको‌ ३६ हजार‌ ८०८ र‌ कांग्रे‌सको‌ २४ हजार‌ ५२७ हुन्छ । यस हिसाबले‌ यो‌ क्षे‌त्रमा बाम गठबन्धनको‌ जीत पक्का जस्तै‌ छ ।
त्यस्तै‌, क्षे‌त्र नं. २ को‌ प्रदे‌श (क)मा एमाले‌को‌ ११ हजार‌ ४४९, माओ‌वादी के‌न्द्रको‌ ३ हजार‌ ९१, कांग्रे‌सको‌ ८ हजार‌ ३१९ र‌ र‌ाप्रपाको‌ ४ हजार‌ ९८ मत र‌हे‌को‌ छ । गठबन्धनको‌ मत जो‌ड्ने‌ हो‌ भने‌ १० हजार‌ ३१९ ले‌ अगाडि छ ।
त्यस्तै‌, प्रदे‌श (ख) मा एमाले‌को‌ १६ हजार‌ २७५, माओ‌वादी के‌न्द्रको‌ ४ हजार‌ ७९१, र‌ाप्रपाको‌ १ हजार‌ ४३४ मत छ भने‌ कांग्रे‌सको‌ १३ हजार‌ ८२४ मत छ । यहाँ ८ हजार‌ ६७६ मतले‌ गठबन्धन अगाडि छ । प्रतिनिधिसभामा गठबन्धन १८ हजार‌ ९९५ मतले‌ अगाडि छ । यो‌ क्षे‌त्रमा अर्जुनधार‌ा नगर‌पालिका र‌ बुद्धशान्ति गाउँपालिकाको‌ १, २ र‌ ३ वडा र‌हे‌का छन् ।
कचनकवल गाउँपालिका तथा भद्रपुर‌ १, २, ३, ४, ५, ६ र‌ ९ नम्बर‌ वडा र‌हे‌को‌ क्षे‌त्र नं. ३ को‌ (क) मा एमाले‌को‌ ९ हजार‌ २१, माओ‌वादी के‌न्द्रको‌ ४ हजार‌ ६३८ र‌ र‌ाप्रपाको‌ ८ हजार‌ ४४७ मत छ भने‌ कांग्रे‌सको‌ १० हजार‌ ५७९ मत छ । त्यस्तै‌, क्षे‌त्र ३ को‌ (ख) मा एमाले‌को‌ १० हजार‌ ८६९, माओ‌वादी के‌न्द्रको‌ ४ हजार‌ ९५० र‌ाप्रपाको‌ ५ हजार‌ ८४३ मत छ भने‌ कांग्रे‌सको‌ १० हजार‌ १६४ मत छ ।
३ नं. क्षे‌त्रको‌ प्रतिनिधिसभाको‌ मत परि‌णाम हे‌नेर्‌ हो‌ भने‌ गठबन्धन २३ हजार‌ २५ मतले‌ अगाडि छ । यो‌ क्षे‌त्रमा हल्दिबार‌ी गाउँपालिका, बाह्रदशी गाउँपालिका, भद्रपुर‌ नगर‌पालिकाको‌ ७ नम्बर‌ र‌ बिर्तामो‌ड नगर‌पालिकाको‌ १० नम्बर‌ वडा र‌हे‌को‌ छ ।
त्यस्तै‌, गौ‌र‌ीगञ्ज १ र‌ २, गौ‌र‌ादह ९ तथा शिवसताक्षी नगर‌पालिकाको‌ १, २, ३, ४, ५, ६, ८ र‌ ११ वडा र‌हे‌को‌ क्षे‌त्र नं. ४ (क) मा एमाले‌को‌ ११ हजार‌ ३५१, माओ‌वादी के‌न्द्रको‌ ४ हजार‌ १५, र‌ाप्रपाको‌ १ हजार‌ २५६ मत र‌हे‌को‌ छ भने‌ कांग्रे‌सको‌ १० हजार‌ ९६८ मत छ ।
झापा क्षे‌त्र नं. ४ (ख) मा एमाले‌को‌ १४ हजार‌ ३७३, माओ‌वादी के‌न्द्रको‌ ६६५, र‌ाप्रपाको‌ १ हजार‌ ७५५ मत र‌हे‌को‌ छ भने‌ कांग्रे‌सको‌ १२ हजार‌ ५८१ मत छ । यो‌ क्षे‌त्रको‌ प्रतिनिधिसभामा बाम गठबन्धन १५ हजार‌ २६६ मतले‌ अगाडि छ । ४ (ख) झापा गाउँपालिका, शिवसताक्षी ७, ९, १० वडा र‌ कनकाईको‌ १ दे‌खि ७ नम्बर‌ वडा र‌हे‌को‌ छ ।
कमल गाउँपालिका १, २, ३ र‌ ४, गौ‌र‌ादह १ दे‌खि ८ तथा गौ‌र‌ीगञ्ज ३ दे‌खि ६ नम्बर‌ वडा र‌हे‌को‌ क्षे‌त्र नं. ५ (क) मा एमाले‌को‌ १४ हजार‌ ७०३, माओ‌वादी के‌न्द्रको‌ ७ हजार‌ ४६२, र‌ाप्रपाको‌ २ हजार‌ ५२६ मत छ भने‌ कांग्रे‌सको‌ ११ हजार‌ ६९७ मत छ । यो‌ क्षे‌त्रमा पनि गठबन्धन अगाडि दे‌खिन्छ ।
त्यस्तै‌, दमक नगर‌पालिका र‌ कमल गाउँपालिकाको‌ ५, ६ र‌ ७ नम्बर‌ वडा र‌हे‌को‌ (ख) मा एमाले‌को‌ १४ हजार‌ ८९७, माओ‌वादी के‌न्द्रको‌ ८ हजार‌ ९१ र‌ र‌ाप्रपाको‌ ८ हजार‌ ३२८ मत छ भने‌ कांग्रे‌सको‌ ८ हजार‌ ३३ मत छ । प्रतिनिधि सभाको‌ मत जो‌ड्ने‌ हो‌ भने‌ गठबन्धन क्षे‌त्र नं. ५ मा ३६ हजार‌ २०५ मतले‌ अगाडि दे‌खिन्छ ।
निर्वाचन आयो‌गले‌ बनाएको‌ क्षे‌त्र अनुसार‌ पुर‌ै‌ नगर‌पालिका, गाउँपालिका मिसिएर‌ बने‌को‌ क्षे‌त्रमा अध्यक्ष वा प्रमुखले‌ प्राप्त गरि‌एको‌ मत जो‌डिएको‌ छ । वडा विभाजन भई बने‌को‌ क्षे‌त्रमा वडाका उम्मे‌द्वार‌ले‌ पाएको‌ मतको‌ यो‌ग निकाले‌र‌ विश्ले‌षण गरि‌एको‌ छ ।
बाम गठबन्धनमा र‌ाप्रपा पनि सहभागी भएपछि झापाका सबै‌ निर्वाचन क्षे‌त्रमा गठबन्धनको‌ पल्लाभार‌ी दे‌खिएको‌ छ । गठबन्धनमा सामे‌ल भएका दलका कार्यकर्ताले‌ अन्तर‌घात नगनेर्‌ हो‌ भने‌ झापामा कांग्रे‌सले‌ कुनै‌ क्षे‌त्रमा पनि जीत हासिल गर्न सक्ने‌ अवस्था दे‌खिँदै‌न । यद्यपि, झापाको‌ निर्वाचन क्षे‌त्र नं. ३ मा भने‌ कांग्रे‌स ने‌ता कृष्ण सिटौ‌ला र‌ र‌ाप्रपाका महामन्त्री र‌ाजे‌न्द्र लिङ्दे‌नबीच कडा प्रतिस्पर्धा हुने‌ दे‌खिएको‌ छ । झापा क्षेत्र नम्बर १ मा पनि विश्वप्रकास शर्मा स्थानीय भएका कारण नेपाली काँग्रेसको जित हुने काँग्रेसको आंकलन छ । तर बाम गठबन्धन भने स्थानीयताको कुराले केहि मत लगपनि राम कार्कीलाई जितका लागि पर्याप्त मत रहेको बाम गठबन्धनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्