Logo
  माघ ८, २०७८ शनिबार

प्राकृतिक सुन्दरताले आत्मानिर्भर बन्दै बाँसबारी सिमसार



रोमन आचार्य
धुलाबारी , १२ पुस : प्राकृतिक सम्पदा बेचेर नभई त्यसको सुन्दरता पर्यटकहरुलाई बेचेर धनि बन्दँै गएको झापाका वन तथा सिमसार क्षेत्रको सुचिमा बाँसबारी सामुदायिक वन तथा सिमसार क्षेत्र पनि एक हो ।

साविक घाइजन गाविस , हालको मेचीनगर नगरपालिका ११ मा अवस्थित बाँसबारी सिमसार तथा पर्यटकिय क्षेत्रले अन्य मौसम भ्रमण र जाडोको मौसममा बनभोजकालागि आफ्नो पहिचान बनाएको छ । झापामा भएका जामुनखाँडी , दोमुखा , सालबारी लगायतका ‘पिकनिक स्पट’ जस्तै यसले पनि आफ्नो छुट्टै पहिचान बनाउँन सफल भएको हो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर नगरपालिका १० पूरानो धुलाबारी ढाट देखि उत्तर करिव दुई किलोमिटर भित्र अवस्थित यो स्थानमा जाडो मौसम लागेसँगै पिकनिक र अन्य मौसममा फुर्सदको समय व्यतित गर्न यहाँ घुम्न आउँने पर्यटकहरुले प्रतिकृया दिने गरेका छन् ।

पिकनिकमा रम्दै पर्यटक

‘‘वनमा भएका रुख बेचेर जङ्गल सखाव पारेर हामीले भावी पुस्तालाई के छाडेर जाने?’’ सजिलो खवरकर्मीसँग कुराकानी गर्दैं वन उपभोक्ता समिति तथा सिमसार पर्यटन क्षेत्र समितिका पूर्व अध्यक्ष तकदीर प्रसार्इंले भने–‘‘ हामिले विकल्प खोजेका हौँ , प्राकृतिक सम्पदा बेच्नु भन्दा प्राकृतिक सुन्दता बेचेर यसको संरक्षणमा हामि जुटेका हौँ ।’’

४९.९६ हेक्टर क्षेत्रफलमा फैलीएको यो वनमा १३ हेक्टर क्षेत्रफल पर्यटकीय क्षेत्रको रुपमा छ्ुट्याईएको छ । विं.सं. २०५३ सालमा बाँसबारी सामुदायिक वन उपभोक्ता समिति स्थापना भएको थियो । वर्तमान अध्यक्ष शम्भु राजवंशीका अनुसार उपभोक्ता समिति गठन भएसँगै यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न पहल सुरु भएको हो ।

निर्माणाधीन शिव मुर्ति

‘‘२०६६÷०६७ साल तिरको कुरो हो , म आफैं संयोजक रहेको हाम्रो भ्रमण टोलीले झापाको जामुनाखाँडी हुँदै धरानको विभिन्न सिमसार तथा पर्यटकीय क्षेत्रको भ्रमण गरेको थियो,’’ वर्तमान अध्यक्ष राजवंशीले भने–‘‘भ्रमण समाप्त भएपश्चात् हाम्रा उपभोक्ताहरुले पर्यटकीय क्षेत्र बनाउने पहल थालेसँगै हामी आजका दिन सम्म आइपुग्न सफल भएका छौँ ।’’

यो सिमसारमा जिल्लाकै अन्य सिमसार भन्दा धेरै नयाँपनहरु छन् । यहाँ विरगञ्जबाट ल्याइएको घोडचढीमा रमाउँदै गरेका पर्यटकहरु धेरै देखिन्छन् । बाल उद्यययनमा रमाउने बालबालिका देखि लोपन्मुख रातो मृग हेर्न मानिसहरुको भिड बढ्दो छ । यहाँ पुग्दा केहीँ पर्यटकहरु डुङ्गा सयर गर्दै सेल्फिमा मस्त देखिन्छन् भने कोहीँ निर्माणाधीन शिवको मुर्ति अगाडि फोटो खिचाँउदै गरेका भेटिन्छन् । कोहीँ नेपाली , हिन्दि तथा अंग्रेजी गितहरुमा आफ्नै भाकामा कम्मर मर्काइ रहेका हुन्छन् भने प्रेमील जोडीहरु आफ्नै प्रेमकै संसारमा मग्न भेटिन्छन् ।

वर्तमान अध्यक्ष , पूर्व अध्यक्ष तथा उपभोक्ताहरु

समितिको तथ्यांकमा गतवर्ष २० हजार भन्दा बढी पर्यटकहरुले बाँसबारी पर्यटकीय क्षेत्रको भ्रमण गरेका थिएँ भने यो वर्ष हालसम्म ३० हजार भन्दा बढी मानिसहरुले यो क्षेत्रको भ्रमण गरिसकेका छन् ।‘‘सिजन भर्खर सुरु भएको छ , यहीँ अनुपातमा पर्यटकहरु आउँने भने यो वर्ष ६० हजार भन्दा बढी मानिसहरु यहाँ आउने निश्चित छ,’’समितिका एक सदस्यले भने ।

बासबारीको विषेशता

यो पर्यटकीय क्षेत्र धेरै विशेषताहरुले भरिएको छ । यहाँ बालबालिकालागि बाल उद्यययन निर्माण गरिएको छ । पिकनिककालागि फराकिलो र पर्र्याप्त स्थानहरु छन् । वन्यजन्तु पुर्नस्थापना केन्द्रमा लोपोन्मुख रातो मृग , अंजिगर , बाँदर , अष्ट्रिज चरा , चित्तल , हरिण , नीलगाई , इमु , मयूर , दुम्सि , खरायो , विशेष प्रजातीको मुसा लगायतका वन्यजन्तुहरु संरक्षण गरिएको छ । यहाँ पर्यटकहरुलाई बोटिङ्गको सुविधा पनि उपलव्ध गराईएको छ ।

बाल उद्ययन

सुन्दर , शान्त , हरियाली वातारण रहेको यो क्षेत्रमा पुर्वाधार निर्माण कार्यहरु पनि भइरहेका छन् । घोडचढीले यहाँ पर्यटकहरु लोभिन थालेका छन् । जंगल सफारीको बनाउँने योजना समितिसँग छ । ‘‘हामि तँ पुरानो धुलाबारी ढाटबाट यहाँसम्म पाहँुना ओसारपसार गर्न घोडचढीको प्रयोग गर्न चाहाँन्छौ,’’राजवंशी भन्छन् ।

यसो तँ पर्यटकहरु पनि यहाँको प्राकृतिक सौन्दर्यतासँग मोहित छन् ।‘‘जंगलको बिचमा शान्त वातारण , प्राकृतिक सौदर्यता , दुलर्भ वन्यजन्तुको अवलोकन गर्दंै पिकनिकमा रम्नुको मज्जै बेग्लै छ,’’–बाहुन्डाँगीबाट पिकनिक खानकालागि आएका विनु मगरले सजिलो खवरसँगको कुराकानीमा सुनाएँ ।दमकबाट घुम्न आएका राजकुमारको जोडीले पनि प्राकृतिक सुन्दरता र सिमसार ब्यवस्थापनको खुलेरै प्रशंसा गरे ।

योजनामा चिडियाखाना : प्राविधिक ज्ञानको अभाव

‘‘तपाईँले देख्नु भएको बन्यजन्तु पुर्नस्थापना केन्द्रलाई हामि चिडियाखानाको रुपमा विकसित गर्न चाहाँन्छौ,’’अध्यक्ष राजवंशीले भनेँ–‘‘हामिसँग प्राविधिक ज्ञान छैन , प्राविधिक राख्ने क्षमता भएको छैन तर चिडियाखाना बनाएर अझ दुलर्भ जिवजन्तुको संरक्षण गर्ने योजना छ ।’’

चार सय उपभोक्ता रहेको यस वन क्षेत्रलाई दिगो पर्यटकिय स्थलको रुपमा विकास गर्नकालागि यहाँ भौतीक संरचना कमि भएको र निर्माण कार्य अभिलम्ब सूरु गर्नु पर्ने स्वयम उपभोक्ताहरु बताउँछन् । समितिसँग पनि चिडियाखानादेखि गर्मि समयकालागि स्विम्मिङ पूल बनाउँने योजना छ । ‘‘हामिसँग पर्र्याप्त जमिन छ , पानिको व्यवस्था पनि गर्न सकिन्छ ,’’पूर्व अध्यक्ष प्रसार्इं भन्छन्–‘‘पर्यटकहरुको माग पनि छ , स्विम्मिङ्ग पूल गर्मिको समयमा आम्दानीको प्रभावकारी माध्याम पनि हुन्छ ।’’

पुर्नस्थापना केन्द्रमा संरक्षित अष्ट्रिज

यहाँ हाल शिवजिको मुर्ति निर्माणाधीन अवस्थामा छ । समिति अध्यक्ष राजवंशीका अनुसार योजनामा वुद्धको मुर्ति परेको छ । यस्तै विभिन्न जातजातिका जातिय सङ्ग्राहालय , पुरानो धुलाबारी ढाट देखी यस स्थान सम्म आइपुग्न घोडचढीको व्यवस्थापन , स्वच्छ र सफा खानेपानी , पर्यटकहरुको सहजताकालागि थप शौचालयको निर्माण सडक बत्ती र सिमसार क्षेत्रमा बिजुली बत्तीको ब्यवस्थापन पनि योजनामा परेका छन् ।

‘‘वन र सिमसार पर्यटकीय क्षेत्र भएकाले हामी उपभोक्ता साथै समग्र वडा नम्बर ११ को आर्थिक जीवन स्तर माथि उकास्न सहयोग पुगेको छ,’’वन उपभोक्ता राजन शिवाकोटी भन्छँन्–‘‘ समग्र मेचीनगर नगरपालिकाको आकर्षणको केन्द्र बनाउँन पनि यसको विकास र विस्तारलाई समितिले मात्र नभई अहिँलेको स्थानीय र राज्य सरकारले ध्यान दिन जरुरी छ ।’’

बजेटको अभाव

यस क्षेत्रलाई भौतीक संरचना निर्माणकालागि सम्बन्धीत निकायले बजेट छुट्याउन नसकेको समितिका पदाधिकारीहरु बताउँछन् । ‘‘वन मन्त्रालय , पर्यटन मन्त्रालय , राष्ट्रिय योजना आयोग , जिल्लाका सवै सम्बन्धीत क्षेत्र हामी नपुगेको कहिँ छैन,’’ अध्यक्ष राजवंशी भन्छन्–‘‘चार सय उपभोक्ताले वर्षमा एकदिन अनिवार्य श्रमदान गर्छांै , जे जती संरचना बनेका छन् सबै उपभोक्ताको प्रयासबाट बनेका हुन्।’’ अध्यक्ष राजवंशीका अनुसार समितिलाई सरकारले हालसम्म १३ लाख रुपैयाँ मात्र उपलब्ध गराएको छ । ‘‘बाँदर र हरिण डुल्ले जंगललाई आज यो स्थान सम्म पुर्याएका छौ,’’ पूर्व अध्यक्ष प्रसार्इं भन्छन्–‘‘अव स्थानीय सरकार , जिल्लामा भएका पर्यटन समितिलहरुले बजेट विनियोजन गरे वन र वनसँग सम्बन्धीत उपभोक्ता मात्र होइन मेचीनगरकै सान यो क्षेत्रले भविष्यमा अझ धेरै प्रगती गर्ने थियो ।’’

पिकनिकमा रम्दै पर्यटक

प्रतिक्रिया दिनुहोस्