Logo
  बैशाख ७, २०८१ शुक्रबार

सूपरजोनका कृषकको माटो सूधार्ने यस्तो छ काइदा



झापा, ११ माघ । झापा बनियानीमा धानबाली सूपरजोनको आयोजना संचालन पछि कृषकले माटो सुधारका लागि कृषि चुनको प्रयोग थालेका छन् । सूपरजोन स्थापना पछि कृषकमा आएको चेतनाका कारण कृषि चुनको प्रयोग बढेको हो । नौलो भविश्य साना किसान कृषि सहकारी संस्था बनियानीले दुई हप्ता अघि ल्याएको ४० मेट्रिक टन कृषि चुन सकन लागेको छ । सहकारी संस्थाले कृषि सामग्री कम्पनी बिराटनगरबाट आयात गरेको ४० मेट्रिक टन (आठ सय बोरा) मध्ये अव २५ बोरा मात्र कृषि चुन बाँकी रहेको सहकारीकी प्रवन्धक लक्ष्मी प्याकुरेलले बताइन् ।

माटो परीक्षण गरेका कृषकलाई नेपाल सरकारले सूपरजोन मार्फत ५० प्रतिशत कृषि चुनमा अनुदान दिने गरेको सूपरजोन कार्यान्वयन इकाई कार्यालय बनियानीका बरिष्ठ कृषि बिकास अधिकृत मेघनाथ तिमल्सेनाले बताए । उनले माटो परीक्षण पछि कुन माटोमा कति चुन प्रयोग गर्ने भन्ने निर्धारण गरिने बताए । उनले भने, कृषि चुन मल होइन, कृषि चुनको प्रयोगले माटोको अम्लियपन घटाउने हो, यसले बालीमा खाद्यय पदार्थ पुर्याउन सहयोग गर्छ ।

नेपाल सरकारले दिएको अनुदान अनुसार प्रति केजी ४ रुपैयाँ पचास पैसामा चुन पाइन्छ । प्रति कठ्ठा जमिनमा माटोको अवस्था हेरी ५० देखि १२० केजीसम्म चुन प्रयोग गर्नु पर्ने कृषि बिकास अधिकृत तिमल्सेनाले बताए । सूपरजोन स्थापना भन्दा अघि पनि माटो परीक्षण हुन्थ्यो तर कृषकले माटो सूधार गर्न कृषि चुनको प्रयोग गर्न नमान्ने सहकारी संस्थाकी प्रवन्धक प्याकुरेलले बताइन् । उनले भनीन् ,सूपरजोन स्थापना हुनु भन्दा अघि ल्याएको ६५ बोरा कृषि चुन बिक्री गर्न डेढ बर्ष लाग्यो, अहिले एक महिना नभई ७ सय ७५ बोरा बिक्री भइ सक्यो, अव २ सय बोरा मगाउँदैछौँ । उनले सूपरजोनका स्थापनाले कृषकको चेतनामा ठूलो परिवर्तन आएको बताइन् ।

सूपरजोनको सहकार्यमा कृषि सहकारी संस्थाले माटो सुधार्न र उत्पादन बढाउने उदेश्यले गड्यौला मलको उत्पादन सुरु गरेको छ । सहकारी गड्यौला मललाई कृषकको घर घरमा पूर्याउने लक्ष्य लिएको संस्थाकी प्रवन्धक प्याकुरेलले बताइन् ।

प्रतिक्रिया दिनुहोस्