Logo

मोदी बन्न सजिलो ट्रम्प गाह्रो-गजुरेल



श्रीमतिसँग सम्बन्धविच्छेद भएा कारण हास्य कलाकार मनोज गजुरेल केही सयम चर्चाको आग्रभागमा देखिए ।
गजुरेल अन्र्राष्ट्रिय कमेडियन सुचीमा परेको उपलब्धि पनि चर्चित रह्यो ।

सीबीएस नयुजले गजुरेललाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यारिकेचजर गर्ने विश्वका प्रभावशाली १८ कमेडियनमा सुचीकृत गरको छ, यसै सन्दर्भमा गजुरेललाई आज प्रकाशित नेपालराष्ट्रिय साप्ताहिक नेपालले सोधेका केहि प्रश्नहरु निम्न छन्ः

ट्रम्पको क्यारिकेचर गर्ने सोच कसरी पलाएको थियो ?
दुई बर्षपहिले अमेरिका जाँदा साथीहरुले यो मान्छे अव कि त राष्ट्रपति बन्छ, नबने पनि सधैँ चर्चामा रहिरहन्छ, यसैले उसको क्यारिकेचर गर्ने तयारी गर्दा हुन्छ भनेर सुझाव दिए । नभन्दै उनी राष्ट्रपति चुनिएपछि चर्चामा रहे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिकेचन गरेर विश्वभर चर्चा कमाएको थिए । नाकाबन्दीका कारण नेपालीले दुःख पाएको सन्देश विश्वभर फैलियो । भुमण्डीलीकरणको युगमा ट्रम्पको क्यारिकेचर गर्न सोच्नै परेन ।

ट्रम्प र मोदीको क्यारिकेचर गर्दा के फरक अनुभव भयो ?
पर्फमेन्स गरिसकेपछि त त्यस्तो फरक लागेन । तयारीका क्रममा भने भिन्नता रह्यो ।
मोदीभन्दा ट्रम्प बन्न बढी मिहिनेत गर्नुपर्यो ।

हास्य क्षेत्रमा सफल हुनुभयो तर बैवाहिक जीवनमा त दुर्घटना पर्यो नि किन ?
गम्भीर रुपमा लिँदालिँदै जीवनका कतिपय कुराहरु हाम्रो नियन्त्रणबाहिर हुन सक्छन् । ईश्वरको यो कृपालाई स्वीकार्नुको विकल्प छैन । नेपाल साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्