Logo
  बैशाख ४, २०८१ मंगलबार

समाजवादमाथि बहसः बाम सरकारको संकेत समाजवाद ल्याउने छैन



झापा, १५ बैसाख । झापाको बिर्तामोडमा आज भएको, नेपाली सन्दर्भमा समाजवाद विषयक कार्यक्रममा अहिलेकै तालले नेपालमा माक्र्सवादी समाजवाद आउन नसक्ने बताएका छन् ।
समाजवाद निर्माणको ठुला सबै दलको एजेण्डा भएको छ । त्यसमा पनि बाम दलले निर्वाचनमा समाजवाद ल्याउने उद्घोष गरेका थिए । सरकारपनि बाम दलको भएका बेला बाम दलले समाजवाद आउँछ आउँदैन वा समाजवादका लागि गर्नु पर्ने तयारी के हुन् लगयतका बिषयमा वृहत छलफल भएको छ ।
बहसमा नेपालको बाम अर्थ राजनीतिका बिश्लेषक हरि रोकाले नेपाली सन्दर्भमा समाजवाद बिषयक कार्यपत्र प्रस्तुत गरे । उनले एमाले माओवादी बाम सरकारको संकेत समाजवाद ल्याउने नभएको बताए । गारिशंकर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बिश्लेषक रोकाले एमाले माओवादी सरकार बहुदलिय व्यवस्थाका हिमायती भएकाले लोककल्याणकारी सुधार भन्दा ठुला कार्य गर्न नसक्ने टिप्पणी गरे ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

रोकाले प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणको समयमा उद्योगी व्यवसायीलाई हाम्रो नामसँग नडराउनुहोस, हामी उदारवादी नै हौँ, तपाईहरुको लगानीको संरक्षण गर्छौँ भनेका थिए, उनले भने, यसले नेपालको अर्थतन्त्र उदार पुँजिवादी भन्दा बाहिर जान नसक्ने संकेत भएको बताए । उनले बाम सरकार बन्नु भन्दा अघि वा पछि सामाजवादका बारेमा पर्याप्त छलफल नभएको उनको भनाई थियो ।
मेहन बिक्रम सिंह
कार्यपत्रमाथि टिप्पणी गर्दै नेपालका पुराना कम्युनिष्ट नेता एवम् नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले निजी सम्पति उन्मुलन नभएसम्म समाजवाद सम्भव नहुने बताए । नेता सिंहले समाजका उपरी संरचनामा उत्पादन प्रणालीले प्रभाव पार्ने भएकाले उत्पादनका साधनमा सामाजिक नियन्त्रण हुनु पर्नेमा जोड दिए । उनले समाज नियन्त्रणमा उत्पादनमा साधन नआएसम्म त्यो समाजवादी हुन नसक्ने बताए । उनले भने, निजी सम्पति कायम राखेर समाजवाद होइन त्यो पुँजिवाद हुन्छ ।
नेता सिंहले रुसमा उत्पादनका साधनमा सिमित वर्गको नियन्त्रण हुँदा समाजवाद ढलेको बताए । चीनको व्यवस्था माओले परिकल्पना गरेजस्तो नभएर पुँजिवादी व्यवस्था भएको बताए । उनले एमाले माओवादी बिचको एकता सकारात्मक भएको टिप्पणी गरे । तर, त्यो एकता जनताको पक्षमा हुनु पर्नेमा उनको जोड थियो ।

राम कार्की
माओवादी नेता राम कार्कीले समाजवाद रबरको टोपी जस्तो भएको बताए । कार्कीले संविधानमा समाजवाद सबैले हामीले हालेको भन्ने गरेको बताए । उनले भने, हराएको समाजवादको चर्चा अहिले फेरी सुरु भएको छ, संविधानमा झुक्किएर समाजवाद शब्द परे जस्तो छ । समाजवादमा सबैको अपनत्व हुने हो भने संसद्मा कस्तो समाजवाद बनाउने भन्ने छलफल हुन्थ्यो, उनले भने, जीवन व्यहहारमा समाजवाद देखा पर्नुपर्छ ।
समाजवाद डेलिभरी गरेर आउने चिज नभएको नेता कार्कीको भनाई थियो । उनले समाजवाद आर्थिक, सामाजिक, साँस्कृतिक स्वतन्त्रता भएको बताए । समाजवाद स्थापनाको मुख्य आधार वैचारिक बिषय भएको बताए । उनले अहिले सम्वृद्धि र बिकास एजेण्डा हो राजनीति होइन भन्न थालिएको तर्फ नेता कार्कीले अर्थतन्त्र राजनीतिको सानो अंश मात्र भएको बताए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रदिप गिरी
नेपाली काँग्रेसका नेता प्रदिप गिरीले सामाजवादमा दयाको आवश्यक्ता नहुने बताए । उनले नेपाल न त सिंगापुर, न स्वीजरल्याण्ड हुन्छ, नेपाल नेपालै हुने बताए । उनले नेपाललाई कुन खालको बिकास मोडलमा लाने तय गर्नु पर्ने बताए । नेपालको आर्थिक वृद्धिदर चीन वा स्वीडेनको भन्दा बढी भएपछि नेपालमा समाजवाद आउने हो ? गिरीले प्रश्न गरे ।
नेता गिरीले महात्मा गान्धीको अर्थ नीतिको चर्चा गर्दै उनी मार्केट बिरोधी भएको बताए । गान्धीले बेलायतले जसरी शोषण गरेर पुँजि संकलन गरेको छ, त्यसरी नै मार्केटले पुँजिको संचय गर्ने धारणा राख्ने गरेको बताए । उनले नेपाली काँग्रेसको कुनै आर्थिक नीति नभएको बताए । उनले नेतालाई देउता र चिन्तकलाई मसिहा ठान्न नहुने बताए ।
टंक कार्की
नेकपा एमाले नेता टंक कार्कीले समाजवाद स्वीच दवाएर आउने बिषय नभएको बताए । कार्कीले उत्पादनका साधनमा कम्तिामा ५१ प्रतिशत भन्दा बढी सामाजिक स्वामित्व भएको अर्थ प्रणाली निर्माण हुन्छ भने त्यसलाई समाजवाद भन्दा हुने बताए । माक्र्सवादले वर्गलाई प्राथमिकता दिँदादिँदै हाम्रा आफ्नै खाले बिशेषता रहेको कार्कीको भनाई थियो ।
चीनका लागि नेपाली राजदूत भईसकेका नेता कार्कीले नेपालको कम्युनिष्ट आन्दोलनमा आफ्नै खालका बिशेषता रहेको बताए । उनले चीनमा ९१ प्रतिशत एक जाति र ९ प्रतिशत ५१ जति रहेको बताए । उनले भने, नेपालमा त्यो भन्दा फरक सामाजिक संरचना छन्, हाम्रै बिशेषतामा आधारित समाजवाद निर्माण गर्नु पर्छ । कम्युनिष्ट पार्टी थैलीवालाकामा मात्र पुगेर समाजवाद आउन नसक्ने नेता कार्कीको भनाई थियो । उनले कम्युनिष्ट पार्टी चेपांग र राउटेकोमा पनि पुग्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्