Logo

अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि आकर्षण र अवसर



नेपाली विद्यार्थीका लागि युरोप, अमेरिका, अस्ट्रेलिया अध्ययनको मुख्य गनतव्य बनेको छ । त्यसमा पनि ABROAD STUDY मा जाने विद्यार्थी अस्ट्रेलियाप्रति बढी आकर्षित भएका छन् । कक्षा १२ उत्तिर्ण गरेका, ब्याचलर र मास्टर्स गर्न चाहने धेरै विद्यार्थी अस्ट्रेलियाको शिक्षा प्रति आकर्षित भएका हुन् ।
ABROAD STUDY मा जान चाहनेका लागि नेपालमा हरेक वर्ष इक्यान शैक्षिक मेला लाग्दै आएको छ । साउन ३ गते बाट राजधानीमा हुने इक्यान शैक्षिक मेला तथा नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया अध्ययनका विषयमा क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजी संस्थापक निर्देशक शिशिर सिंखडासँग भएको वार्तालाप ।

नेपाली विद्यार्थी ABROAD जानुको कारण के हो ?

नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जानुको कारण नेपालको शैक्षिक अवस्था नराम्रो भएर र विदेशमा अवसर पाएर मात्र होइन । ABROAD STUDY विद्यार्थीको रहर अनि साथीभाइलाई पछ्याउने लहर, सामाजिक र पारिवारिक संस्कार बन्दै गएको छ ।

विदेश गएपछि त्यहाँको शिक्षा, नीति नियम, परिवेश, विकासका कार्यशैली, आदी सिक्ने भएकाले Abroad Study मा जानु नेपालको विकासमा सहयोग पुग्नु हो । ABROAD STUDY मा जानु भनेको देश निर्माणको लागि प्राविधिक जनशक्ति उत्पादन गर्नुपनि हो । देशलाई कसरी विकास गर्ने भन्ने कुरा बाहिर पढेर आएका विद्यार्थीबाट सिक्न सकिन्छ । यसर्थ, नेपाली विद्यार्थी Abroad Study मा जानु भनेको आफ्नो, समाजको तथा राष्ट्रकै आवश्यक्ता हो ।

विद्यार्थीमा अस्ट्रेलिया रोजाईको मुख्य कारण ?
अष्ट्रेलियाका दुई तीन पक्षहरु अत्यन्तै राम्रा छन् । त्यहाँको प्राविधिक शिक्षा, अध्ययन सकिएपछि विद्यार्थीले पाउने पीएसडब्लु (पोस्ट स्टडी वर्क), सँगसँगै स्थायी बसोबासकोे अनुमति लिनका लागि पिआर (परमानेन्ट रेसिडेन्सी) एप्लाई गर्ने अवसर । यी तीन कुराले अष्ट्रेलिया विद्यार्थीको पहिलो रोजाइ भएको हो ।
धेरै जसो विद्यार्थी भिसामा अस्ट्रेलिया आएका बिद्यार्थीले Skilled Independent visa (subclass 189) अन्तर्गत पिआर पाउछन् । यो Visa  बाट PR पाउन 60 Point Score गर्नुपर्ने हुन्छ ।

अष्ट्रेलिया करिअर निर्माणको लागि टर्निङ प्वाइन्ट किन ?

सर्वप्रथम विद्यार्थी स्वयं नै भविष्य प्रति जिम्मेवार, निर्णय प्रति इमान्दार र बलियो नभएसम्म जुनसुकै देशमा गएपनि सफलता प्राप्त गर्न सक्दैन । अस्ट्रेलियामा पढाइ सकिने बित्तिकै नेपाल आउन पनि सम्भव हुँदैन । किनभने, नेपालबाट धेरै रकम खर्च गरेर गइएको हुन्छ । अध्ययन पश्चात छ सात वर्ष बसेर आर्थिक उपार्जन गर्न सकिन्छ । उतै सानो ठूलो व्यवसाय गरेर सेटल हुनपनि सकिन्छ ।
धेरै नेपालीहरु अस्ट्रेलियाबाट उच्च शिक्षा हासिल गरी स्वदेशमा प्रतिष्ठित क्षेत्रमा स्थापित पनि भएका छन् । कतिपय नेपालीहरु अस्ट्रेलियामा नै स्थापित भएका छन् । त्यसैले अस्ट्रेलिया उच्च शिक्षाका लागि नेपाली विद्यार्थीको महत्वपूर्ण टर्निङ प्वाइन्ट हो ।

नेपाली विद्यार्थीले प्राप्त गर्ने अवसर के के हुन ?
विद्यार्थीकालमा पार्टटाइम काम गरेर आर्थिक उपार्जन त गर्न सकिन्न । तर, अध्ययन पुरा गरिसकेपछि भने अवसरका ढोका खुल्दछन् । पिएसडब्लु (पोस्ट स्टडी वर्क) पाएपछि आफ्नो पढाईको स्तर र दक्षताको हिसाबले रोजगारीका राम्रा अवसर पाईन्छन् । जसले विद्यार्थीलाई आर्थिक उपार्जनको बाटो समेत खुल्छ ।

सबै विद्यार्थीले अवसर पाउलान् ?

कामै नगर्ने, पढ्नै नचाहने, आफ्नो भविश्यप्रति जिम्मेवार र चिन्तित नहुनेलाई स्वर्ग नै पठाए पनि फाईदा छैन । अष्ट्रेलियामा विद्यार्थी आफैंले ‘स्ट्रर्गल’ नगरी अगाडी बढ्न सक्दैन । मेहनत गर्ने, अरुको देखासिकीमा नलाग्ने, पढाइ र करियर प्रति दत्तचित्त भएर अध्ययन गर्ने, काम गर्ने विद्यार्थीको अस्ट्रेलियामा उच्च सम्मान छ ।
आफ्नो भविष्य, काम र लक्ष्य प्रति विद्यार्थी इमान्दार छ भने, सफलता प्राप्त गर्न सकिन्छ । अध्ययनलाई प्राथमिकता दिए उसले राम्रा अवसरहरु प्राप्त गर्न सक्दछ ।

अभिभावकको अपेक्षा धेरै अभिभावकले आफ्ना छोराछोरी अस्ट्रेलिया जाने वित्तिकै सुन फलाउँछ, डलर कमाउँछ भन्ने सोच राख्नुहुन्छ । यो एकदमै गलत हो । नेपालमा आमाबाबुको कमाईमा पढेका, कामै नगरी हुर्किएका विद्यार्थीले विदेशमा एकै चोरी काम पनि गर्नुपर्ने, पढ्नुपनि पर्ने अवस्था हुन्छ । यस्तो बेलामा उसलाई पैसा पठाउनु पर्यो भनेर दवाव दिनु अभिभावकको ठूलो गल्ती हो । कम्तीमा एक वर्ष अभिभावकले नेपालबाटै विद्यार्थीलाई खान, बस्न र कलेजको शुल्क तिर्न सहयोग गर्नुपर्दछ ।

कस्ता विद्यार्थी अस्ट्रेलिया जाने ?
न्यूनतम कक्षा १२ पास गरेको, ब्याचलर गरेको, मास्टर्स गर्न विदेश जाने सोच बनाएका विद्यार्थीहरु अस्ट्रेलिया जान योग्य हुन्छन् । यस्ता विद्यार्थीले एकेडेमिक रुपमा कम्तिमा ६० प्रतिशत अङक ल्याएको हुनुपर्छ । IELTS को परीक्षामा ६ अंक हासिल गरेको हुनुपर्छ । त्यो सँगै समयको महत्व बुझ्ने, स्मार्ट, दुखःमा नआत्तिने, सुखमा नमात्तिने, आफ्नो र परिवारको इच्छा र सपना बुझेको हुनुपर्छ ।

विद्यार्थीले नेपालमै हुँदा अस्ट्रेलियाको रहनसहन, त्यहाँको नियम कानुन लगायत ब्यवहारिक पक्षलाई इन्टरनेटको माध्यमबाट अध्ययन गरेर जान पर्दछ । यसका लागि दक्ष, मान्यता प्राप्त शैक्षिक परामर्शदाताबाट कलेज र विश्वविद्यालयको जानकारी लिनु पर्दछ ।

कलेज तथा विश्वविद्यालय छनौट गर्ने आधार के के हुन ?
आफ्नो विषय र आर्थिक क्षमता हेरेर कलेज छनौट गर्नुपर्छ । अस्ट्रेलियामा सबै प्रकारका विश्वविद्यालय र कलेज छन् । जहाँ विद्यार्थीले आफ्नो आर्थिक, शैक्षिक सामथ्र्यका आधारमा उच्च शिक्षा हासिल गर्न सक्छन् । अस्ट्रेलियाको जुनै विषय र तहको डिग्रीको विश्व बजारमा मान्यता छ ।

प्लस टु पश्चात व्याचलर पढ्न जाँदा कलेज तथा विश्वविद्यालय हेरी ८०–९० हजार डलरको हाराहारीमा कोर्स पुरा हुन्छ । डिप्लोमा लिडिङ ब्याचलरमा ४५ देखि ५५ हजार डलरको हाराहारीमा कोर्ष पुरा हुन्छ । भोकेशनल कोर्षमा जाँदा लागत कम हुँदा अस्ट्रेलिया गईसकेपछि विद्यार्थीलाई पर्ने थप आर्थिक भार पनि कम हुन जान्छ ।

क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीको भुमिका के छ ?
शैक्षिक परामर्श ब्यवसायमा क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजी छोटो समयमै स्थापित नाम हो । आठ वर्षअघि स्थापित क्याम्ब्रिजले विद्यार्थीलार्ई विदेश जान सहजीकरण मात्र गर्दैन, उनीहरुको शैक्षिक तथा आर्थिक अवस्थालाई शुक्ष्म रुपमा अध्ययन गरेर मात्र परामर्श गर्दछ । क्याम्ब्रिज इन्ष्टिच्युटले नेपाल शैक्षिक परामर्श ब्यवसायी संघ (इक्यान) को सदस्यता लिएको छ । इक्यानले विभिन्न समयमा आयोजना गर्ने शैक्षिक मेलाहरुमा क्याम्ब्रिज इन्ष्टिच्युटले सहभागिता जनाएर विद्यार्थी अभिभावकलाई गुणस्तरीय शैक्षिक परामर्श दिने गरेको छ ।
क्याम्ब्रिज मार्फत अष्ट्रेलिया, न्यूजल्याण्ड, बेलायत, अमेरिका तथा इण्डियाका उत्कृष्ठ विश्वविद्यालय र कलेजमा गएर उच्च शिक्षा हासिल गर्न सकिन्छ । राजधानीको बागबजारमा मुख्य कार्यालय रहेको क्याम्ब्रिजको देशका विभिन्न शहरहरुमा १२ ओटा शाखा कार्यालय रहेका छन् ।
हामी विद्यार्थीलाई नेपालमा मात्र परामर्श र सल्लाह दिँदैनौं, अस्टे«लिया पुगिसकेपछि पनि उत्तिकै सहयोग र साथ दिन्छौं । हाम्रो शाखा कार्यालय अस्ट्रेलियाको सिड्नीमा छ ।
क्याम्ब्रिज एउटा परिवारबाट सञ्चालित संस्था हो । हामी विद्यार्थीलाई कुनै प्रलोभन र झुट्टा आश्वासन नदिई सहि सत्य–तथ्य कुरामा आधारित भएर परामर्श दिन्छौं । हामीले इलाम, बिर्तामोड, दमक, इटहरी, विराटनगर, धरान, चितवन र मुख्य कार्यालय काठमाडौँको बागबजार र नयाँ बानेश्वरबाट विद्यार्थीले विस्वसनीय सेवा दिँदै आइरहेका छौं । यी शाखाहरुबाट दक्ष तथा मान्यता प्राप्त काउन्सलरबाट शैक्षिक परामर्श लिन पाउनु हुन्छ । तसर्थ, आफ्नो भविष्य निर्माणको आधार तय गर्नुअघि एक पटक क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका शाखा तथा प्रमुख कार्यालयमा भ्रमण गर्नुहुन अनुरोध गर्दछु ।

१२ औं इक्यान शैक्षिक मेलामा क्याम्ब्रिजको सहभागिता कस्तो हुन्छ ?

आउँदो साउँन ३ गतेदेखि राजधानीमा हुन गइरहेको १२ औं इक्यान शैक्षिक मेलामा क्याम्ब्रिज इन्ष्टिच्युटले सहभागिता जनाउँन गइरहेको छ । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई दक्ष तथा मान्यता प्राप्त काउन्सर तथा क्याम्ब्रिजले प्रतिनिधित्व गरेका आधिकारिक कलेजका प्रतिनिधिहरुको उपस्थितिमा शैक्षिक मेलामा विद्यार्थी अभिभावकलाई सेवा प्रदान गर्ने छ ।

Visits us: www.cambridgeedu.com.np

प्रतिक्रिया दिनुहोस्