Logo

मिडिया काउन्सिल विधेयकको बिरोधमा देशभरका पत्रकारले बाँधे कालोपट्टी



झापा, १ जेठ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आह्वानमा आज देशभरका पत्रकारले हातमा कालोपट्टी बाँधेर संसदमा दर्ता भएको मिडिया काउन्सिल लगायतका प्रेस बिरोधी विधेयकको बिरोध गरेका छन् ।

पत्रकारले हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । सरकारले मिडिया काउन्सिल विधेयकमा पत्रकार समाचार लेख्ने क्रममा कुनै कमजोरी भए दश लाखसम्म जरिवाना तिर्नु पर्ने प्रावधान राखेपछि महासंघ लगायत संचार संस्था विधेयकको बिरोधमा उत्रिएका हुन् ।

संसदमा दर्ता भएको आमसंचार, सूचना प्रविधि विधेयक प्रेस स्वतन्त्रता बिरोधी भएको भन्दै पत्रकार महासंघ आन्दोलनमा उत्रिएको हो । महासंघले संविधानको प्रस्तावनामा भएको पूर्ण प्रेस स्वतन्त्रताको भावना र मर्म बिपरित विधेयक भएकाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले जेठ ३ गते देशव्यापी प्रर्दशन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्