Logo

विद्यालयमा भर्ना होइन, सिकाई महत्वपूर्णः मन्त्री पोखरेल



बिर्तामोड, २९ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कुनैपनि विद्यालय बाहिर बालबालिका नभएको घोषणा गर्नुपर्ने बताएका छन् ।

प्रेस संगठन झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा मन्त्री पोखरेलले विद्यालउमा विद्यार्थी भर्ना गर्ने मात्र होईन, सिकाउने र टिकाउने कुरा महत्वपूर्ण भएको बताए ।

मन्त्री पोखरेलले यति ठूलो परिवर्तन पछि पनि बालबालिका स्कुल गइरहेका छैनन् भने त्यो समाजको लागि राम्रो संकेत नभएको बताए । अंग्रेजी पढाउने नाममा सामुदायिक विद्यालयले शुल्क लिइरहेको विषयमा मन्त्री पोखरेलले कुनै पनि शिर्षकमा शुल्क लिन नमिल्ने बताए ।

परिवर्तनका लागि चाँडै शिक्षा नीति टुङ्गो लाग्ने जानकारी दिँदै मन्त्री पोखरेलको पहिलो वर्षमा शिक्षाको आधार वर्ष भएको भनाई छ । हरेक विद्यालयमा आईसिटी ल्याब र साइन्स् ल्याबको जरुरी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्