Logo

भारत हुँदै तेस्रो मुलुक जान दूतावासको पत्र अनिवार्य!



काठमाडौँ, ३१ वैशाख । भारत हुँदै तेस्रो मुलुक जान अब नेपाली नागरिकहरुलाई दूतावासको पत्र आवश्‍यक पर्ने भएको छ। मंगलबार भारतस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत सूचना निकालेको हो।

दूतावासले निकालेको सूचनामा भनिएको छ, ‘भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपाली नागरिकहरुलाई भारतीय अध्‍यागमन पार गर्न आवश्‍यक कागजात चाहिने भएकाले सोको लागि कागजातसहित निवेदन दिन हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’

दूतावासका अनुसार भारत हुँदै तेस्रो मुलुक जानु पर्ने मनासिब कारणसहित सम्बन्धित व्‍यक्तिको हस्ताक्षरसहितको निवेदन, यात्रा गर्ने व्‍यक्तिको राहदानी र सोको प्रतिलिपी, गन्तव्‍य देशको भिसा र हवाई टिकटको प्रतिलिपी, रोजगार भिसामा विदेश जाने व्‍यक्तिले वैदेशिक रोजगार विभागबाट वा अन्तर्गतबाट जारी श्रम स्वीकृतिको प्रतिलिपि बुझाउनुपर्छ।

यसका साथै यसअघि भारतबाहेक तेस्रो मुलुक भ्रमण गरेको भएमा यात्रा अभिलेख ९भिसा,आगमन, प्रस्थान आदि०को प्रतिलपि र अध्‍ययन, व्‍यावसायको सिलसिलामा भारतमा रहेका नेपाली नागरिकहरुको हकमा अध्‍ययन, व्‍यावसायसँग सम्बन्धित परिचयपत्ररकागजातहरु संलग्‍न हुनु पर्ने दूतावासले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्