Logo

च्यासललाई हराउँदै झापा ११ सेमिफाइनलमा



चितवन, ३० बैशाख । मग मग झापा ११ एफसी चितवनमा जारी भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार बिहान भएको खेलमा च्यासल युथ क्लबलाई २-१ गोलले पराजित गर्दै झापा ११ ले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । आइतबार भएको खेलमा झापाले २-१ गोलले नै अग्रता लिएको थियो ।

तर, अन्तिम १४ मिनेट बाँकी रहँदा मौसममा आएको खराबी र साँझ परिसकेकाले आयोजकले खेल रोकेर सोमबार बिहान गराएको हो । खेलमा झापाका लागि सञ्जोग राईले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै, दोस्रो गोल निशान लिम्बूले गरेर अग्रता दोब्बर बनाए ।

च्यासलका लागि सबी गुरुङले सान्त्वना गोल गरेका थिए । एजे इन्टरनेशनल प्रालिले आयोजना गरेको प्रतियोगिता क्याम्पा चौर खेल मैदानमा भइरहेको छ । प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँ पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्