Logo

बिर्तामोडका डिएसपी फोटोका कारण तानिए विराटनगर



झापा, ३० वैशाख । इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी सुवास खड्कालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा तानिएको छ ।

आफ्नो कार्यकक्षको कुर्सीमा बसेर अर्कै एक व्यक्तीले खिचेको फोटो सार्वजनिक भएलगत्तै डिएसपी खड्कालाई छानविनका लागि विराटनगर तानिएको हो ।

१ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजालले प्रहरी संगठनको हित र मर्म विपरित कामगर्ने जो कोहिलाई पनि छुट नहुने बताए । डिएसपी खड्कालाई विराटनगर प्रदेश कार्यालयमा झिकाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

डिएसपी खड्का नभएको मौका पारेर उनकै कार्यकक्षको कुर्सीमा नेम प्लेट र प्रहरीको झण्डा टेवलमा राखेर तस्विर खिच्ने  झापाको दमक घर बताउने  ३० वर्षिय हर्कराज गुरुङ आईतवार नै पक्राउ परेका छन् । उनलाई अभद्र व्यवहार तथा साइबर क्राइम अन्तर्गत कार्वाही गरीने प्रहरीले जनाएको छ ।

डिएसपी खड्का काठमाडौंबाट सरुवा भएर चार महिना अघि इलाका प्रहरी कार्यालय अनारमनी आएका थिए । २०७५ साल माघ ७ गते विर्तामोड प्रहरी इन्चार्ज भएका डिएसपी खड्का ५ महिना नवित्तै कार्वाहीमा परेर तानिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्