Logo

संसद बाहिर लोकतन्त्रको बद्नाम गर्नु हुँदैनः प्रधानमन्त्री



काठमाडौँ, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा संकेत गर्दै संसद बाहिर छफफल गर्न नसकिने बताएका छन् ।

भियतनाम र कम्बोडिया भ्रमण पुरा गरी बुधबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले हचुवाका भरमा विधेयक नल्याएको दाबी गरे । उनले भने, ‘सरकारले समाजलाई आधुनिक, विकसित र सभ्य, जहाँ सम्वाद गर्न सकियोस्, परिवारमा बसेर समाचारहरु पढ्न सुन्न सकियोस्, आग्रह वा आक्रोसबस कसैको इज्जतमा हुमर्त लिने गरी आनुचित निराधर कुरा नहोस् । यस्ता कुराले समाजलाई विकृतितर्फ लैजान्छ ।’

प्रधानमन्त्री ओलीले संसदले छलफल गरेर यथोचित ढंगले पास गर्ने बताए । उनले भने, ‘हामीले संसद भन्दा अगाडि सरेर लोकतन्त्रको बद्नाम गर्नुपर्ने हुँदैन ।’

मेरा होइन, सांसदको उत्ताउला शब्द डिलिट
प्रधानमन्त्री ओलीले सभामुखले आफूले संसदमा प्रयोग गरेको कुनै शब्दलाई असंसदीय भनेर डिलिट गर्न नलगाएको दाबी गरे । केही सांसदहरुले उत्ताउला, अमर्यादित र असंसदीय शब्द प्रयोग गरेको र सभामुखले त्यसलाई डिलिट गर्न लगाएको उनको दाबी छ ।

जननिर्वाचित संस्थाको अपमान गर्नु बहादुरी ठान्ने प्रवृत्ति देखा परेको उनले बताए । अनाहक र अकारण गणतन्त्रमाथि हमला भइरहेको भन्दै उनले संसदमा भएको घटना पनि त्यही भएको उनको दाबी छ ।

प्रधानमन्त्री ओलीले ल्याएका विधेयकमा बहस गर्न सकिने भन्दै उनले संसदमा विधेयक च्यात्नु शोभनीय नहुने बताए ।

संसद्मा हालै दर्ता भएका केही विधेयकमा उठेका प्रश्नबारे प्रधानमन्त्री ओलीले नेपाली समाजलाई आधुनिक, विकसित र सभ्य बनाउन समाजले कानूनको आफैँ परिपालना गर्ने अभ्यासमा जानुपर्नेमा जोड दिँदै उनले सरकारले अघि सारेका विधेयकमा संसद्मा छलफल हुनुपूर्व बाहिर फरक रुपमा व्याख्या वा दस्तावेज च्यात्ने कार्य ठीक नभएको जनाए । ती विधेयकलाई संसद्ले यथोचित रुपमा पारित गर्ने विश्वास उनले व्यक्त गरे ।

सरकारले हालै राष्ट्रियसभामा दर्ता गराएको मिडिया काउन्सिल विधेयकबारे नेपाल पत्रकार महासङ्घले विरोध गर्दै आएको छ ।
प्रधानमन्त्री ओलीले भने, “असभ्यतालाई बहादुरी ठान्नु समाजका लागि चुनौती हो । विधेयकहरुमा छलफल र परिमार्जन गर्न सकिन्छ । आवेग र उत्तेजनामा आउन आवश्यक छैन ।

सरकारले कुनै पनि कानून हचुवाका भरमा ल्याउँदैन । आक्रोशपूर्ण, निराधार र अनुचित कुराहरुले समाजलाई विकृतितर्फ लैजान्छ ।” वर्तमान सरकार जननिर्वाचित सरकार भएकाले यसलाई कोष्ठभित्रको ‘कम्युनिष्ट’ सरकार भनेर कुटिल व्याख्या नगर्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्