Logo

मिस नेपाल– २०१९ को ताज अनुष्कालाई



काठमाडौँ , २७ वैशाख । मिस नेपाल– २०१९ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । बिहीबार राती सम्पन्न फाइनलमा अन्य २४ प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले मिस नेपालको ताज हाता पारेकी हुन् । उनलाई अघिल्लो संस्करणकी मिस नेपाल श्रृङ्खला खतिवडाले विजयी ताज पहिरिदिएकी थिइन् ।

हिडन ट्रेजर कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नु हुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुष्काले उपाधि जितेकी हुन् ।

बिहीवार सम्पन्न अन्तिम प्रतिस्पर्धामा मिस नेपाल युनिभर्सको उपाधि प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थको उपाधि रिया बस्नेत, मिस नेपाल इन्टरन्याशनलको उपाधि मीरा कक्षपति र मिस सुपरन्याशनलको उपाधि रोज लामाले पाएका छन्।

प्रतियोगितका उपाधि विजेताहरूलाई सामाजिक सञ्जाल फेसबुक, ट्विटर र इन्स्टाग्राममा पनि बधाई आउने क्रम जारी छ।

प्रतिक्रिया दिनुहोस्