Logo

बीर विक्रम २ नखेलेको भए धेरै कुरा छुट्थ्यो: पल



काठमाडौँ, १ जेठ । म्युजिक भिडियो हुँदै ठुलो पर्दामा नायक बनेका पल शाह छोटो समयमै एकपछि अर्को फिल्ममा व्यस्त भए । पछिल्लो समय नायक पलको क्रेज लोभलाग्दो छ ।

पल अभिनित पाँचौं फिल्म ‘बीर विक्रम २’ जेठ ३ गते देखि प्रर्दशन हुँदैछ । ‘बीर बीक्रम २’ का लागि सुरुमा निर्देशक मिलन चाम्सले नायक आकाश श्रेष्ठलाई चुनेका थिए । आकाश श्रेष्ठको कार्य व्यस्तताको कारण उनी फिल्ममा जोडिन सकेनन् । त्यसपछि यो फिल्ममा जोडिने अवसर पल शाहले पाए ।

नायक शाहले यो फिल्म नखेलेको भए धेरै कुरा छुट्ने बताए । उनले भने, ‘म जहिलै सिक्न खोज्ने मान्छे हुँ । म आफ्नो अभिनयलाई दिन प्रतिदिन सुधार्ने प्रयास गरिरहेको हुन्छु । यो फिल्ममा नाजिर, वर्षा र बुद्धि दाई हुनुहुन्छ भन्ने बित्तिकै केहि सिक्छु लागेको थियो । साथै मेरो अभिनयमा निखारता आउन सक्छ भन्ने लागेको थियो । सायद यो फिल्म नखेलेको भए धेरै कुरा छुट्थ्यो ।’

उनले थप्दै भने, ‘यो फिल्मले हाम्रो मित्रता कायम गरिदिएको छ । यो फिल्म नछोडनुको कारण चै राम्रो निर्देशक, राम्रो ब्यानर र को–एक्टर हो ।’ मिलन चाम्सले निर्देशन गरेको फिल्ममा पल शाहसँगै वर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्