Logo

सूर्योदय टेलिभिजनको चौथो वार्षिकोत्सव सम्पन्न



बिर्तामोड, १ जेठ । सूर्योदय टिभि एण्ड मिडिया प्रालिद्वारा सञ्चालित सूर्योदय टेलिभिजनले आफ्नो चौथो वार्षिक उत्सव मनाएको छ । मंगलबार बिर्तामोडको हिकोला हेरीटेज होटलमा कार्यक्रमको आयोजना गर्दै टेलिभिजनले चौथो वार्षिक उत्सव मनाएको हो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मनोज उप्रेतीले टेलिभिजनको ३ वर्षको अवधि उपलब्धिमुलक भएको बताए । पूर्वको गहनाकोरुपमा स्थापित सुर्योदय टेलिभिजनले आफ्नो शाख छोडीसकेको बताउँदै उनले मुलुकका सबै जिल्लामा अनिवार्य उपस्थिती जनाउने धारणा राखे ।
आगामी दिनमा थप मनोरञ्जनात्मक तथा सुचना मुलक कार्यक्रमहरुका साथ अघि बढ्ने विश्वास व्यक्त गर्दै अध्यक्ष उप्रेतीले प्रविधिले फड्को मारीरहेको अवस्थामा सूर्योदय टेलिभिजन अब चाँडै एचडी प्रविधिमा रुपान्तरण गरिने जानकारी दिए ।

टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले स्वागत गरेको कार्यक्रममा टेलिभिजनले स्थापनाको ३ वर्षमा गरेको उपलब्धी र आगामी कार्य योजनाका विषयमासमेत छलफल भएको थियो । कर्पोरेट डाईरेक्टर याम बिमलीले संस्थाको हाल सम्मको समिक्षा सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सिनियर कार्यक्रम प्रस्तोता टिकाराम नेति नेपाल, कार्यक्रम प्रमुख देवी गौतम, कार्यक्रम उत्पादन प्रमुख दिपेन भेटुवाल, समाचार संयोजक रमेश तिवारी, कार्यक्रम प्रस्तोता गोपाल काफ्ले, भिडियो सम्पादन प्रमुख नवराज न्यौपाने र प्रविधिका बारेमा स्पेशलिङ केवल टेलिभिजनका प्राविधिक प्रमुख नवराज उप्रेतीले आफ्ना विचार राखेका थिए ।

कार्यक्रममा टेलिभिजन सञ्चालक समिति सदस्य युवराज दाहालले टेलिभिजनको बिगत र वर्तमान अवस्थाका बारेमा विचार राखेका थिए । कार्यक्रममा सञ्चालक समिति सदस्य युवराज दाहाल,रामकुमार बुढाथोकी,टंक गौतम,नवराज दाहाललगायत संस्थामा आवद्व सबै कर्मचारीहरुको उपस्थिति रहेको थियो । वार्षिक उत्सवको अवसरमा टेलिभिजनका पुर्व कर्मचारी विष्णु श्रेष्ठ र रीता सापकोटालाई सम्मान तथा बिदाई गरिएको थियो ।

२०७३ साल बैशाख १ गतेबाट परिक्षण प्रसारण शुरु गरेको सूर्योदय टेलिभिजनले २०७३ साउन १ गतेबाट नियमित प्रसारण सुरु गरेको हो । टेलिभिजनले दैनिक तथा साप्ताहिक गरि करीब १६ वटा भन्दा बढी विभिन्न प्रकारका कार्यक्रम र दैनिक नौ पटक समाचार प्रसारण गर्दै आएको छ । टेलिभिजनको केन्द्रीय कार्यालय झापाको विर्तामोड स्थित भद्रपुर रोडमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्