Logo

त्रिवि सेवा आयोग अध्यक्षको कार्यकक्षमा तालाबन्दी



काठमाडौँ, ३० वैशाख । त्रिवि सेवा आयोगमा नतिजा प्रकाशनमा भएको अनियमितता विरुद्द अखिल क्रान्तिकारीले आयोग अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

मोहन वैद्य र विप्लव माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

कार्यालयमा उतीर्ण भएकाहरुको अन्तर्वार्ता हुँदै गर्दा अखिल क्रान्तिकारीका तीनजना नेताहरु संघर्ष दाहाल, कुमार वर्तौला र शुलब वैद्य प्रहरी छक्याउँदै कार्यालयभित्र प्रवेश गरेर तालाबन्दी गरेका हुन् । उनीहरुले प्रकाशित नतिजा खारेज गर्न, अनियमितता गर्ने पदाधिकारी तथा कर्मचारीलाइ निलम्बनको माग गरेका छन् ।

सो माग पूरा नहुन्जेल तालाबन्दी जारी रहने अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष संघर्ष दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्