Logo

समाजसेवी उदयदेवको शरीर विपि कोइरालालाई



झापा, २८ बैशाख । भद्रपुर नगर क्षेत्रको पहिलो शरीर दान गर्ने व्यक्तिको पहिचान बनाएका समाजसेवी उदयदेव शर्मा आचार्यको शरीर विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ ।

भद्रपुर १० स्थित चन्द्रगढीमा घर भएका आचार्यले २०६५ सालमा आफ्नो शरीर विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई दान गरेका थिए । आचार्यको अन्तिम इच्छा अनुसार परिवारले मृत्युपछि दाह संस्कार नगरी शरीर प्रतिष्ठानलाई हस्तान्तरण गरेको हो ।
विसं २००७ साल अशोज १३ गते खोटाङको सदरमुकाम दिक्तेलमा जन्मिएका आचार्य नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक समेत हुन् ।

वैदिक समाज झापाका संस्थापक उपाध्यक्ष, पूर्व प्रहरी संगठन झापाका सदस्य, व्रामण समाज झापाका सदस्यलगायतका विभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहेका आचार्य सामाजिक रूपान्तरणका लागि परम्परागत कुसंस्कारको बिरूद्ध जागरण अभियान समेत चलाउँदै आएका थिए । उनको शनिवार विहान ४.३० बजे ६८ वर्षको उमेरमा हृदयघातका कारण आकस्मिक निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

कान्छा छोरा राजकुमार आचार्यले बाबुको इच्छा अनुसार शरीर विपि कोइराला प्रतिष्ठानलाई हस्तान्तरण गरिएको बताए । आर्चायका दुई श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्