काठमाडौँ, १३ कात्तिक । साताको मंगलबार अधिकांश स्थानमा मौसम सफा रहने जल तथा मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने भएको हो ।
कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम बिभागका अनुसार पूर्णरूपमा मनसुन निष्कृय भइसकेको हुँदा तिहारमा वर्षाको सम्भावना भने कम रहेको छ ।