काठमाण्डाै, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताउनुभएको छ । सङ्घीय संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा आज सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आइनसकेको बताउनुभएको हो ।
संसद्को हिउँदे अधिवेशन शुरू हुनुअघि सरकारले विभिन्न मितिमा ६ वटा अध्यादेश जारी गरेको थियो । संसद् नियमावली अनुसार संसद् बैठक शुरू भएपछि अध्यादेशहरू पेश गर्नुपर्ने प्रावधान छ । तर राष्ट्रियसभामा बहुमत नपुग्ने भएपछि सरकारले अध्यादेशहरू निर्णयार्थ पेश गरेको छैन ।