Logo

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, चार जनाको मृत्यु



दाङ, १३ चैत । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

शितगंगा नगरपालिका वडा नम्बर–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाईते छन्। त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणमा आएको थियो। लु २ ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनामा च्यापिएर तिन महिला र एक पुरुषको मृत्यु भएको हो। मृतकको परिचय भने खुलेको छैन।

उद्धारपछि घाईतेहरुलाई उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको वडाअध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्