Logo

असोज १ गते बिर्तामोडमा शैक्षिक मेला हुने



झापा , ३० भदौ । झापाको बिर्तामोडमा शैक्षिक मेला आयोजना हुने भएको छ । स्टडी पार्क एजुकेशन बिर्तामोडले असोज १ गते बिर्तामोडस्थित सिटीसेन्टरमा ‘पूर्वाञ्चल एजुकेशन फेयर’ आयोजना गर्ने भएको हो ।

आयोजक संस्था स्टडी पार्कले आइतवार बिर्तामोड पत्रकार सम्मेलन गरेर शैक्षिक मेलाको तयारी बारे जानकारी दिएको हो । शैक्षिक मेलाका संयोजक मदन बुढाथोकीका अनुसार बिदेश अध्ययनका लागि जाने बिद्यार्थी र अभिभावकलाई सहजताका लागि शैक्षिक मेलाको आयोजना गरिएको हो ।

बिहान ९ बजेदेखि शुरु हुने शैक्षिक मेलामा बिभिन्न पुस्तकका स्टल, स्वास्थ्य शिविरसहित कलेज र युनिभर्सिटीको जानकारी लिन सकिने बुढाथोकीले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाले स्टडी पार्क एजुकेशनको इलाम बजार र फिक्कलमा पनि शाखा रहेको बताउदै इलाममा रहेको शाखामा समेत असोज २ गते शैक्षिक मेलाको आयोजना गरिने बताउनुभयो ।

बिदेश अध्ययनका लागि जाने बिद्यार्थीहरुलाई परामर्श दिदै आएको स्टडी पार्कले न्युनतम शुल्कमा लोकसेवाका कक्षाहरु पनि असोज ६ गतेदेखि सञ्चालन गर्ने सञ्चालक सरोज पौडेलले बताउनुभयो । त्यस्तै उनले स्टडी पार्कले ड्राइभिङ स्कुलको पनि कार्य गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्