Logo

आइपिएल: आरसीबीले दुई दिनपछि नै लियो पञ्जाबसँग हारको बदला



काठमाडौं, ७ वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आइतबार भएको दिनको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले पञ्जाब सुपर किंग्सलाई ७ विकेटले हराएको छ। दुई दिन अघि मात्र पञ्जाबसँग ५ विकेटले हारेको आरसीबीले दुई दिन पछि पञ्जाबलाई उसकै मैदानमा हराएको हो।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो।

उसका लागि प्रभसिम्रन सिंहले ३३ रन बनाउँदा शसांक सिंहले ३१ रनको अविजित इनिङ खेले। त्यस्तै ओपनर प्रियन्स अर्याले २२ रन बनाउँदा मार्को यानसन २५ रनमा अविजित रहे। आरसीबीका लागि कुर्नाल पाण्डे र सुयश शर्माले २–२ विकेट लिए।

१ सय ५८ रनको लक्ष्य पछ्याएको बैंगलोरले उक्त लक्ष्य १८.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍याे। उसका लागि विराट कोहलीले ५४ बलमा ७३ रन बनाउँदै अविजित इनिङ खेल्दा देवदत पाडिकलले ६१ रन बनाए। त्यस्तै रजत पटीदारले १२ रन बनाउँदा जितेश शर्माले ११ रन बनाएका थिए।

जितसँगै आरसीबीको ८ खेलबाट ५ जितसँगै १० अङ्क बनाएर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्