Logo

आईपीएल: बेंगलुरुको पहिलो हार, गुजरात ८ विकेटले विजयी



काठमाडौं, २१ चैत । जस बट्लरको अविजित अर्धशतकमा गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित हासिल गरेको छ ।

बुधबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई ८ विकेटले हराउँदै गुजरातले दोस्रो जित निकालेको हो । बेंगलुरुले दिएको १७० रनको लक्ष्य गुजरातले १७।५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

बट्लरले ३९ बलमा ७३ रन बनाए । उनले ५ चौका र ६ छक्का प्रहार गरे । साइ सुदर्शनले ४९ रन बनाए । शेरफन रदरफोर्ड ३० रनमा अविजित रहे । कप्तान शुमभन गिलले १४ रन बनाए ।

बेंगलुरुका जोश हेजलवूड र भुवनेश्वर कुमारले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो । लियाम लिभिङस्टनले सर्वाधिक ५४ रन बनाए भने जितेश शर्माले ३३ र टिम डेभिडले अविजित ३२ रन बनाए ।

गुजरातका लागि मोहम्मद सिराजले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । साइ किशोरले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । इशान्त शर्मा, प्रसिध कृष्णा र अर्शद खानले १(१ विकेट लिए ।

यस जितसँगै ३ खेलमा ४ अंक जोडेको गुजरात अंकतालिकामा चौथो स्थानमा यथावत् छ भने समान खेलबाट समान अंक रहेको बेंगलुरु शीर्षस्थानबाट तेस्रोमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्