Logo

आज सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो



काठमाण्डौ, २८ पुस ।  सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ । सुनको भाउ बढेर आज तोलाको एक लाख ५५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । शुक्रवार तोलाको एक हजार आठ सय ४५ रुपैयाँ रहेको चाँदीको भाउ आज तोलाको एक हजार आठ सय ६० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्