मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पुराना कामको चर्चा हुनेछ र नयाँ अवसर पनि प्राप्त हुनेछ। महत्त्वपूर्ण भेटघाटले हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। आवश्यक पर्दा साथीभाइको सहयोग भने नजुट्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला। आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। दिनभर दौडधुप गर्नुपरे पनि काम सम्पादन हुनेछ। पहिलेका समस्या दोहोरिनाले केही झमेला भने आउन सक्छन्।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दिन रमाइलाे रहनेछ तर धेरै बोल्दा समस्या आउन सक्छ। आफ्नाे रकम अरूका लागि खर्च हुनेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। परिवारजनको साथले केही समस्या सुल्झनेछन्। उधाराेमा व्यापार गर्नुपर्ला।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समस्या दर्साउँदा साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
परिस्थितिअनुसार चल्न नसक्ता व्यवहारमा समस्या पर्नेछ। समयमा नजुट्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। नयाँ अवसर प्राप्त भए पनि स्वास्थ्य कमजाेर हुनाले पछि परिनेछ। परिस्थितिवश चिताएको काम रोकिन सक्छ।
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।