Logo

आज २०८१ साल फागुन १६ गते शुक्रवारको राशिफल



मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। काम बन्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। जिम्मेवारी समेत बढ्नेछ र पेसा–व्यवसायमा फाइदा हुनेछ। दिगो लाभ हुने काम प्रारम्भ होला।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिविहीन काममा समय बित्न सक्छ। तापनि, गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। मिहिनेतले केही लाभांश दिलाउन सक्छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

नयाँ अवसर प्राप्त नभए पनि विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउन नसक्दा परिस्थितिसँग सम्झौता गर्नुपर्ला।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ। कृषि तथा घरेलु कामकाजमा बढी समय बित्नेछ। बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन्। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

करकापमा परी काममा जुट्नुपर्ने वा विशेष निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिक्रिया दिनुहोस्