Logo

आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा गरिँदै



काठमाडौँ, २१ असोज । तिथिमा घटबढ कारण आज पनि  कुष्माण्डा देवीकै पूजाआराधना गरिँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले यो अवस्था आएको बताएको छ ।

आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो। आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो। पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ।

नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने मंगलबार गर्नुपर्छ।

यस वर्ष नवरात्रमा चौथी तिथि वृद्धि भएको छ भने नवमी तिथि टुटेको छ। असोज २५ गते महाअष्टमी तिथिको कृत्य सकेपछि त्यसै दिन केही समय विश्राम गरेर महानवमीको कृत्य गर्नुपर्ने पनि समितिले जनाएको छ ।

दुर्गा पक्षसमेत भनिने यस वर्षको नवरात्रमा चौथी तिथि वृद्धि भए पनि नवमी तिथि टुटेकाले नौ रातकै नवरात्र रहेको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्