Logo

उपभोक्ता अदालत चैत दुई गतेदेखि कार्यान्वयनमा आउने



काठमाण्डौ,  २९ माघ । सरकारले गठन गरेको उपभोक्ता अदालत कार्यान्वयन आगामी २ चैतदेखि हुने भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै विश्व उपभोक्ता अधिकार दिवस (१५ मार्च) का दिनबाट यस्तो अदालत सञ्चालन गर्ने जानकारी गराएको हो ।

माघ तेस्रो साता सरकारले काठमाडौँ उपत्यका मुकाम रहने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला क्षेत्राधिकार रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको थियो ।

उपभोक्ता संरक्षण ऐन २०७५ अन्तर्गतका कसुरसँग सम्बन्धित कारबाही र किनारा गर्ने क्षेत्राधिकार उपभोक्ता अदालतले पाएको छ । अब उक्त ऐन कार्यान्वयन समेत सुरुवात भएको छ ।

प्रतिक्रिया दिनुहोस्