Logo

एमालेद्वारा पाथीभरामा केबलकार निर्माणका लागि सहज वातावरण बनाउन ध्यानाकर्षण



काठमाडौँ, १८ फागुन ।  नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले पाथीभरामा केबुलकार निर्माण गर्ने विषयमा सरोकारवालाहरूसँग छलफल गरी विवादको समाधान खोज्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

बैठकले स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँग छलफल गरेर पाथीभरामा केबलकार निर्माणका लागि सहज वातावरण बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुभयो ।

यसैगरी, एमाले सचिवालय बैठकले जनवर्गीय सङ्गठनहरूका केन्द्रीय समिति र पदाधिकारीहरूको संरचना छरितो बनाउने निर्णय गरेको छ ।

नेकपा एमालेको जनसङ्गठनहरूमा केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटीको अभ्यास भइरहेकोमा अब स्थायी कमिटीको संरचना नराख्ने निर्णय भएको महासचिव पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्