Logo

ओली नेतृत्वको सरकार पूर्ण, थपिए तीनजना राज्यमन्त्री



काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्णता पाएको छ ।

आज तीनजना राज्यमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नाउपाका अरुणकुमार चौधरी र काँग्रेसका रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकले वन तथा वातावरण, तामाङले ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्