Logo

कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य



काठमाडौं, २७ चैत । हङकङमा सुरु भएको चारदेशीय टी-२०आई सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ ।

नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको हो ।

कतारका मुहम्मद इक्रामुल्लाहले अर्धशतक प्रहार गरे । उनी ५४ बलमा ५४ रन बनाउँदै आउट भए ।

बलिङमा नेपालका सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी र गुल्सन झाले एकएक विकेट लिए । नन्दनले टी-२०आईमा डेब्यु विकेट लिएका हुन् ।

चारदेशीय सिरिजमा नेपाल, हङकङसहित कतार र कुवेत समावेश छन् । सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

यस सिरिजका लागि रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, वसिर अहमद, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुल्शन झा, कुशल मल्ल र शहाब आलम खेलाडी हङकङ पुगेका छन ।

नेपालले आज कतारसँग, अप्रिल १० मा कुवेतसँग, अप्रिल १२ मा हङकङसँग खेल्ने तालिका रहेको छ । त्यस्तै अप्रिल १३ मा तृतीय स्थान र फाइनल हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्