Logo

कतार एअरवेजले भैरहवाबाट उडान थाल्याे



काठमाडौं, २७ कात्तिक । कतार एअरवेजले आजदेखि दोहाबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान थालेको छ ।

कतारले एअरवेजले दोहा–भैरहवा–काठमाण्डौ रुटमा उडान गर्ने गरी अनुमति लिएको छ । दोहाबाट आएको जहाज आज दिउँसो भैरहवामा अवतरण गरेको छ । ३२ जना यात्रु लिएर आएको जहाजले भैरहवामा एक जना यात्रु झारेर बाँकी यात्रुलाई काठमाण्डौ ल्याएको छ । काठमाण्डौबाट यो जहाज फेरि दोहा जाँदैछ ।

भैरहवामा उडान गर्ने कतार एअरवेज पाँचौं कम्पनी हो । यसअघि नेपाल एअरलाइन्स, फ्लाई दुबई, जजिरा र थाई एअर एशियाले भैरहवाबाट उडान थालिसकेका छन् । अब भैरहवामा पाँच वटा वायु सेवाले हप्तामा २४ वटा उडान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्