Logo

कर्णालीका मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मत लिने



सुर्खेत, साउन २० गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिनुहुने भएको छ । कँडेलले साउन २१ गते सोमबार संसद्बाट विश्वासको मत लिनु हुने भएको हो ।

कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम उहाँले विश्वासको मत लिनेछन् । उहाँले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो । पहिलोपटक गत वैशाख १३ गते पहिलो पटक संसद्बाट विश्वासको मत पाउनुभएको थियो ।

गत असारमा केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो । कँडेलले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठनको तयारी गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्