Logo

कर्णालीको उपाध्यक्षमा गौतम निर्वाचित



झापा, १३ कात्तिक । कर्णाली बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्षमा रामकुमार गौतम निर्वाचित हुनुभएको छ ।

बिर्तामोड– ४ मा मुख्य कार्यालय रहेको सस्थाको उपनिर्वाचन अन्तर्गत हिजो भएको मतदानबाट २ हजार ४ सय ८९ मतसहित गौतम उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । यसअघि उहा दुई कार्यकाल लेखा समितिको संयोजक रहनुभएको थियो । सो पदका लागि चारजनाले उम्मेद्वारी दिएका थिए । उहाका प्रतिष्पर्धीहरु गणेशप्रसाद पराजुलीले १ सय ९४, गुञ्जन थापाले १ सय ६० र धर्मप्रसाद काफ्लेले ६९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै लेखा समितिको सदस्यमा पदमकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका साकोसका सचिव भूपाल बस्नेतले जानकारी दिदिनुभयो । गत पुष ४ गते भएको निर्वाचनमा अध्यक्षसहित १२ जना निर्विरोध निर्वाचित भएका थिए ।

उपाध्यक्ष र लेखा समितिको एक सदस्य पदमा सर्वसम्मत हुन सकेको थिएन । ती दुई पदका लागि उपनिर्वाचन गराइएको हो । मतदानका लागि ६ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो ।

संस्थाका सचिव भुपाल बस्नेतले विजेता र उपविजेता हुनेहरुलाई बधाई दिँदै निर्वाचनका लागि अहोरात्र खटिने निर्वाचन समिति र कर्मचारीहरुलाई धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्