Logo

कस्तो छ फिल्म ‘दु:खी आत्मा’ को टिजर ? (भिडियो)



काठमाडौं, २५ पुस । दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘दुःखी आत्मा’ को टिजर सार्वजनिक गरिएको छ । प्रणय दिवसको अवसर पारेर आगामी फागुन २ गतेदेखि प्रदर्शनमा आउने फिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

दयाहाङ राई, अनुपविक्रम शाही, आँचल शर्मा, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई ‘एडल्ट ड्रामा’ भनिएको छ । सामाजिक कथामा फिल्म बनाउँदै आएका दीपेन्द्रले फरक खालको फिल्म लिएर आउन लाग्नु भएको हो।

टिजर सार्वजनिक भएसँगै फिल्मका केही संवादको चर्चा हुन थालेको छ भने सामाजिक सञ्जालमा पनि यसले सकारात्मक प्रतिक्रिया पाएको छ । फिल्मको टिजर काव्यिक लाग्छ भने फिल्म यौन मनोविज्ञानमा आधारित छ ।

हिमाल कडरियाको निर्माणमा बनेको यो फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । यस्तै फिल्मको कथा निर्देशक लामाले नै लेखेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्