काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
हाल कोशी,मधेश र बाग्मती प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।
कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।