काठमाडौँ, २२ फागुन । ऊर्जा, जलस्रोत र सिंचाईमन्त्री दिपक खड्काले कुलमान घिसिङले कानुन नमान्ने गरेको र मन्त्रालयको निर्देशन तथा बारम्बारको पत्राचारलाई समेत नटेर्ने गरेको आरोप लगाउनुभएको छ।
प्रतिनिधिसभामा आज विशेष समयमा मन्त्री खड्काले संसदमा कुलमानको विषयमा उठेका प्रश्नको जवाफ दिँदै कुलमान कानुनभन्दा माथि नरहेको बताउनुभएके हो।
उहाले कुलमानले लोडसेडिङ अन्त्यको श्रेय लिएको भन्दै यसको श्रेय भारतलाई दिनुपर्ने बताउनुभयो। मन्त्री खड्काले भारतसँग विद्युत् बिक्रीको सम्झौतामा पनि कुलमानको कुनै भूमिका नरहेको उल्लेख गर्नुभयो।
मन्त्री खड्काले कुलमानको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिइएको विषयमा जानकारी दिँदै नियुक्ति गर्दा नै हरेक वर्ष कार्यसम्पादन मूल्यांकन गर्ने, त्यसका आधारमा पुरष्कृत गर्ने कि निष्कासन गर्ने भन्ने उल्लेख भएको स्पष्ट गर्नुभयो।
उहाले भदौ मसान्तभित्र कार्यसम्पादन मूल्यांकन गर्नुपर्ने व्यवस्था रहेको भए पनि कुलमानले समयमा नबुझाएको बताउनुभयो।
साथै मन्त्री खड्काले आफूलाई नटेरेको बताउँदै भने, ‘उहाँ उपस्थित नै हुनुभएन, टेर्दै टेर्नुभएन। चिन्दै चिन्नुभएन।’