Logo

कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं, २५ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ।

बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। त्यस्तै आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको दैनिक मौसम बुलेटिनमा उल्लेख छ ।

त्यस्तै राती देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन – चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्