Logo

कोसी र मधेसमा भारी वर्षा

आज यस्तो छ सम्भावना



काठमाडौं, २८ चैत । देशभर अधिकांश स्थानमा वर्षा भएको छ ।

अहिले पनि (बिहीबार बिहान ८ बजे) कोसी, मधेस र बागमती प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा पानी परिरहेको मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो।

यस क्रममा कोसी र मधेस प्रदेशका एकरदुई स्थानमा भारी वर्षासमेत भएको अर्का मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो।

‘केही स्थानमा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक/दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा भयो भनेर बुझ्न सकिन्छ’, मौसमविद् ढकालले भन्नुभयो।

उहाका अनुसार काठमाडौँ उपत्यकाका पनि अधिकांश स्थानमा वर्षा भएको छ।

‘अहिले तथ्यांक आइसकेको छैन, हाम्रो कार्यालय (मौसम विभाग) रहेको विमानस्थल क्षेत्रमा भने ९ मिलिमिटर पानी परेको छ’, मौसमविद् ढकालले भन्नुभयो।

मौसम महाशाखाका अनुसार आज पनि वर्षा जारी रहनेछ।

जसअनुसार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

कोसी प्रदेश र मधेस प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना छ।

महाशाखाका अनुसार कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्