लेखनाथ, २४ कात्तिक । पर्यटन राजधानी पोखरामा शनिबार भएको क्रस कन्ट्री दौडमा च्यालेन्ज इन्डिभिजुअलमा चिनिया खेलाडी र क्रम कन्ट्री टिम इभेन्टमा नेपाली धावले बर्चश्व बनाएका छन् ।
५० किलोमिटर दौड च्यालेन्ज इन्डिभिजुअलतर्फ महिला र पुरुष दुबैमा चिनियाँ धावक विजयी हुँद टिम इभेन्टतर्फका सबै पदक नेपाली धावकले जितेका हुन् ।
च्यालेन्ज इन्डिभिजुअलमा चीनका धावक एङ ज्याङ जेनले तीन घन्टा ४४ मिनेट १२ सेकेन्डमा दुरी पार गर्दै विजेता बन्दा च्यालेन्ज इन्डिभिजुअल महिलातर्फ चिनियाँ धाविका झेङ वाङ रोङ च्याम्पियन बन्नुभयो ।
च्यालेन्ज इन्डिभिजुअल प्रतियोगिता निकै रोचक रह्यो । नेपाली धावक कुलबहादुर बस्नेत ४ मिनेट १० सेकेन्डले पछि पार्दै दोस्रो हुनुभयो । बस्नेतले दौड तीन घन्टा ४८ मिनेट ०२ सेकेन्डमा पूरा गर्नुभयो ।
नेपालकै होमलाल श्रेष्ठ तीन घन्टा ५३ मिनेट ३३ सेकेन्डमा दूरी पूरा गरी तेस्रो बन्नुभयो । गोपाल तामाङले ९तीन घन्टा ५५ मिनेट ४३ सेकेन्ड० तेस्रो हुँदा तिलक सुनुवार ९चार घन्टा ४६ सेकेन्ड० पाँचौ बन्नुभयो ।
महिलातर्फ च्यालेन्ज इन्डिभिजुअल इभेन्टतर्फ समेत चिनियाँ धाविका झेङ वाङ रोङ विजेता बन्नुभएको छ । उहाँले ४ घन्टा ४१ मिनेट ४८ सेकेन्डमा दूरी पूरा गर्दा कल्पना बुढा ९ मिनेटपछि परी उपविजेतामा सीमित बन्नुभयो । महिलातर्फ राममाया बुढा तेस्रो, लाक्पा निङमा शेपा चौथो र मिनु बुढा पाँचौ बन्नुभएको छ ।
च्यालेन्ज इन्डिभिजुअलमा पुरुष तथा महिला दुवै तर्फका विजेताले समान एक लाख ५२ हजार आठ सय, उपविजेता एक लाख १४ हजार छ सय, तृतीय हुनेले ७६ हजार चार सयका साथमा मेडल तथा प्रमाणपत्र पाउनुभएको छ ।
क्रस कन्ट्री टिम इभेन्टमा भने नेपाली खेलाडीले बर्चश्व बनाए । सुशील शाही, सिर्जना पौडल र श्रीकाश राई सम्मिलित टिमले चार घन्टा २० मिनेट १४ सेकेन्डमा पूरा पूरा गरी च्याम्पियन बन्यो । करन रावत, नरेन्द्र सिंह रावत र निर्मला राई सम्मिलित टिम चार घन्टा २२ मिनेट २९ सेकेन्डमा दौड सकेर दोस्रो भयो ।
पुष्पा भण्डारी, लक्ष्मण भण्डारी र निरज भट्टको टोली तेस्रो स्भएको छ । यो टिमले चार घन्टा २३ मिनेट ०८ सेकेन्डमा दूरी पार गरेको थियो । प्रतियोगिताको टिम इभेन्टतर्फका विजेताले चार लाख ५८ हजार चार सय, उपविजेताले तीन लाख ४३ हजार आठ सय, तृतीयले दुई लाख २९ हजार २ सय पाएका छन् ।
प्रतियोगितामा टिम इभेन्टतर्फ १९ टिम सहभागी रहेकोमा चीनतर्फका ४ टिम थिए । च्यालेन्ज इन्डिभिजुअतर्फ नेपाली महिला तथा पुरुष ८७ र चीनतर्फका २९ जनाको सहभागिता थियो । शनिबार बिहान भएको उद्घाटन कार्यक्रममा चिनिया दुतावासले राष्ट्रिय खेलकुद परिषदलाई खेलकुद सामाग्री खरिदका लागि ७२ लाख रुपियाँ प्रदान गरेको छ ।