Logo

खोटाङमा चट्याङ लागेर महिलाको मृत्यु



खोटाङ, ९ चैत । खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको केपिलासगढी गाउँपालिका –७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर मृत्यु भएको हो ।

शनिबार बिहान करिब ४ बजे घरको आँगनमा चट्याङ लागेर दिलकुमारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पानी परेर सामान भिज्न थालेपछि उठाउन भन्दै घरको आँगनमा निक्लिएको समयमा उनलाई चट्याङ लागेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्