Logo

गणतन्त्रकाे पक्षमा एमालले चैत ११ गते देशभर सचेतना कार्यक्रम गर्ने



काठमाडौँ, ७ चैत । नेकपा एमालेले यही चैत ११ गते गणतन्त्रकाे पक्षमा देशभरि सबै वडामा सचेतना कार्यक्रम गर्ने बताएको छ । महासचिव शंकर पाेखरेलले आज भर्चुअल बैठकमार्फत जिल्ला अध्यक्षहरूलाई सम्बाेधन गर्दै कार्यक्रमबारे जानकारी गराउनुभयाे ।

यस्तै एमालले चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटर साइकल र्‍याली आयोजना गर्ने तथा सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने कार्यक्रम रहेको महासचिव पोख्रेलले बताउनुभयो ।

यसैगरी चैत २४ गतेदेखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने एमालेकाे कार्यक्रम छ । महासचिव पोखरेलले कार्यक्रमलाई प्रभावकारी बनाउन नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्