Logo

गणतान्त्रिक मोर्चा बनाउन सभापति देउवालाई कार्यसम्पादनले दिएन अनुमति

संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध



काठमाडौं, १० चैत । एमाले र माओवादीसँग मिलेर गणतान्त्रिक मोर्चा बनाउने सभापति शेरबहादुर देउवाको प्रस्तावलाई कांग्रेस कार्यसम्पादन समितिले अस्वीकृत गरेको छ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले काङ्ग्रेस आफ्नै मूल्य मान्यताअनुसार अगाडि बढ्नुपर्ने तर एमाले र माओवादीको जुनियर पार्टनरका रुपमा अघि बढ्न नहुने निष्कर्ष निकालेको हो।

राजतन्त्र पुनर्स्थापनाको पक्षमा सडकमा समेत प्रदर्शन हुन थालिसकेपछि त्यसका विरुद्धमा एमाले र माओवादीसँग मिलेर गणतान्त्रिक मोर्चा बनाउने प्रस्तावमा सभापति देउवा सहमत भएका थिए। तर पार्टीको आधिकारिक थलोबाटै त्यसलाई अनुमोदन गर्नुपर्ने नेताहरूको अडानबाट रोकेको उक्त कार्यसम्पादन समितिले समेत अस्वीकृत गरेको हो।

आइतबार सकिएको बैठकले कांग्रेस संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्