गोरखा, ९ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा शान्ति चाहिएको बताएउनुभएको छ ।
गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजापछि सञ्चारकर्मीसँग बोल्दै पूर्वराजा शाहले देशमा शान्ति चाहिएको बताउनुभएको हो।
साथै उहाले कसैले पनि कसैको कुभलो नचिताओस् भन्ने कामना पनि गर्नुभयो। उहाले भन्नुभयो,’अहिले देशमा शान्ति चाहियाछ। कसैले पनि कसैको पनि कुभलो नचिताओस् र केही खराब नचिताओस् भन्ने मेरो कामना छ।’
यस्तै, कसैले पनि डराउनु नपर्ने उहाले बताउनुभयो। उहाले भन्नुभयो, ‘कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन। देशको शान्ति कायमै होस्। देशमा विकास होस्। सबैलाई सुख। समृद्धि होस् भन्ने कामना छ।’
आफ्ना पुर्खाको थलो गोरखा आएर आफूलाई खुसी लागेको उनको भनाइ थियो। उहाले भन्नुभयो,,’गोरखा आएर मलाई खुशी लाग्यो। पूर्खाको थलो हो।’